पानी चुहाउँदै बालुवा बोक्दै
नदीजन्य सामाग्री उत्खनन, बिक्री वितरण तथा ढुवानीका लागि सम्झौतापत्रमा नियमहरु उल्लेख गरिएका छन् ।
यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले नियम कानुन बनाएका छन् । स्थानीय तहले नदीजन्य सामाग्री उत्खननका लागि बनाएको आईईई प्रतिबेदनमा पनि पानी चुहाँउदै नदीजन्य सामाग्री ओसारपोसार गर्न नपाईने उल्लेख छ । सडक बिभागले पनि कालोपत्रे सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ढुवानी साधनलाई कारबाही गर्ने नियम छ । जिल्ला अनुगमन समितिले ट्रिपरले पानी चुहाउँदै बालुवा ढुवानी नगर्न पटक पटक निर्देशन दिएको छ ।
नियम बनेका छन्, निर्देशन गएका छन्, तर बिहानदेखि रातीसम्म गोरखा सडकमा पानी चुहाउँदै नदीजन्य सामाग्री ओसारपोसार भइरहेका छन् ।अघिल्ला बर्षहरुमा गाडीमा बालुवा लोड गरेर पानी निथ्रिएपछि मात्रै ओसारपोसार गर्ने गरिन्थ्यो । तर यो बर्ष कसरी कुरा मिल्यो कुन्नि ? प्रहरीकै अगाडी सडकमा पानी चुहाउँदै ट्रिपर, गुड्दा पनि कारबाही भएको छैन ।
बिज्ञहरु भन्छन्, पानी नै कालोपत्रे सडकको शत्रु हो । यसैपनि खाल्डाखुल्डी परेका सडकमा यसले थप क्षति पु¥याएको छ । सडकको आयु छोट्याएको छ । नदीजन्य सामाग्री ओसारपोसार मात्रै होईन्, अबैध उत्खनन अझैपनि नियन्त्रण हुन सकेको छैन । घ्याल्चोकको बेनिघाट पारि त्रिशुली र बूढिगण्डकीको दोभानमा अहिलेसम्म पनि जेसिभी मेसिन लगाएर नै ठेकेदारहरुले नदिजन्य सामाग्री झिकीरहेका छन् । परिमाणका आधारमा जिल्ला समन्वय समितिले १० दिनदेखि २० दिनसम्म मात्रै मेसिन प्रयोग गर्न अनुमति दिएको थियो । तर मेसिन प्रयोग गर्ने म्याद गुज्रीसकेको छ । आई ई ई प्रतिबेदन अनुसार उनीहरुले हात र हाते औजार मात्रै प्रयोग गरेर नदीजन्य सामाग्री निकाल्नुपर्ने हुन्छ ।
जिल्ला अनुगमन समिति, समन्वय समिति, स्थानिय सरकार र प्रहरी प्रशासन समेत यस बिषयमा अनुगमन गरी कारबाही गर्न चुकेका छन् ।




