| मङ्लबार, कार्तिक २४, २०८३

माथिल्लो रिचेत खोला आयोजना झै धमाधम काम होउन्

धेरै खोलाहरु ठेकेदार र बिचौलियाको झोलामा छन् । गोरखाका पनि २६ वटा खोलामा विद्युत निकाल्नका लागि अनुमति लिइसकेका छन् । तीमध्य एकाधमा मात्र काम अघि बढेको छ, बाँकी झोलाभित्रै छन् । तीमध्य सबैभन्दा धेरै काम अघि बढेको भनेको रिचेतखोला जलविद्युत आयोजनाको हो ।

माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी समेत जुटेको छ । गोरखा जिल्लाको आरुघाट र धार्चे गांउँपालिकाको सिमानामा रहेको माथिल्लो रिचेत आयोजनामा राष्टिूय वाणिज्य बैंकले लगानी गर्ने भएको हो । जसका लागि प्रवद्र्धक र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
सम्झौता पत्रमा आयोजनाका तर्फबाट आनन्द प्रधानले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ हस्ताक्षर गरेका छन् ।
आरुघाट र धार्चे गाउँपालिकामा निर्माणाधीन दुई मेगावाटको आयोजनाको लागत ३६ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंकले १०.२८ प्रतिशत वार्षिक ब्याजमा गरेको लगानी १४ वर्षमा फिर्ता गर्ने सहमति (पे ब्याक पिरियड) भएको छ । वार्षिक एक करोड पाँच लाख ६० हजार युनिट विद्युत उत्पादन हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४६ लाख रुपैयाँ तोकिएको छ । आयोजनामा ६७.७१ प्रतिशत ऋण र ३२.२९ प्रतिशत स्वपुँजी लगानी हुनेछ । कर्जा प्रशोधन शुल्क समेत अन्य बैंकको तुलनामा अत्यन्तै न्यून रहेको बताइएको छ ।

अन्य आयोजनाले पनि धमाधम यसरी नै लगानीकर्ता खोज्ने, निर्माण प्रक्रिया सुरु गर्ने गरेमा यो क्षेत्र बदनाम हुनेछैन । अन्यथा विद्युत उत्पादनका लागि अनुमति लिने बर्षेनी थन्क्याएर राख्ने रेकर्ड धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्