| मङ्लबार, कार्तिक २४, २०८३

मानव सेवा आश्रममा खुशी साँट्ने परम्परा

गोरखामा मानव सेवा आश्रम स्थापना भएदेखि केही सुधारका कामको थालनी भएको छ । हिजोआज मानव सेवा आश्रममा बस्ने अनाथ बालबालिकासंग जन्मदिन मनाउने, बैबाहिक बार्षिकउत्सव मनाउने क्रम बढेको छ ।
यसअघि साथीभाइसंग मिलेर होटल, रेष्टुरेण्टमा रमाइलो गरेर जन्म दिन मनाउने चलन क्रमश रुपान्तरित हुदै अनाथ बालबालिकासंग रमाइलो गरी जन्मदिन वा बैबाहिक बार्षिक उत्सव मनाउन थालिएको छ ।


मानवसेवा आश्रममा मात्र होइन, बालमन्दिरमा सञ्चालित अनाथालयका बालबालिकासंग, नयाँबजारमा सञ्चालित हाम्रो सहारा अनाथालयका बालबालिकासंग जन्मदिन, बैबाहिक बार्षिकोत्सव वा यस्तै खुशीयाली साँट्ने प्रचलन बढेको छ ।
यसले गर्दा मान्छेभित्र मानवतावादको विकास भएको प्रतीत हुन्छ । सच्चा खुशी त त्यो हो, जसले मान्छेलाई खुशी दिन्छ, सुख दिन्छ । सच्चा आनन्द त त्यो हो, जसले आफूलाई आत्मादेखि नै सन्तुष्टि दिन्छ । यसबारे जनचेतना वृद्धि हुदैछ । यो सुखद पक्ष हो ।
साथीभाइसंग मादक पदार्थ सेवन गरी वा यस्तै गतिबिधि गरी गरिएको रमाइलो क्षणिक हुन्छ ।

तर अनाथ, असहाय, गरिब, अपांगलगायतका सहयोगापेक्षीसंग सुख साँट्दा बास्तविक आनन्द पैदा हुन्छ ।
यसबारे जानकार र उनीहरुको देखासिकी गरी उनीहरुसंग सुख साँट्नेहरु प्रसंसाका पात्र हुन् ।
यस्तो गतिविधिको प्रचारप्रसार गर्नुपर्छ, बढवा दिनुपर्छ, हौसला दिनुपर्छ

प्रतिक्रिया दिनुहोस्