हल्लैहल्लामा बन्द ?
सोमबार बन्द भनेर केहीदिनदेखि जताततै हल्ला छ । विप्लवको पार्टीले बन्द गर्ने रे भनेर हल्ला व्याप्त छ तर विप्लवका जिल्ला नेता नै आफ्नो पार्टीले नगरेको दाबी गर्छन् । आफूहरुलाई बन्द गराउन कुनै निर्देशन पनि नआएको नेताहरु दाबी गर्छन् । तर उनीहरुले बन्द गर्ने भनेर सरकारी तथा नीजि क्षेत्र जहाँतहीँ हल्ला चलेको छ ।
कुनै बेला त बन्दको बिरोधमा एकत्रित आवाज पनि उठ्ने गर्थे । अहिले भने बन्दको बिरोधमा कुनै आवाज पनि उठ्न छोडेको छ । अझै हल्लैहल्लामा बन्द गर्ने क्रम पनि सुरु भएको छ । यो दुखद छ ।
बन्द जो जसले गरे पनि नराम्रो हो, यसको अवज्ञा गर्नुपर्छ भनेर आवाज उठाउनु पर्छ ।
बन्दले सरकारलाई असर गर्दैन । यसको असर सर्वसाधारण जनतामा पर्छ । यस बारेमा बन्दका आयोजक पनि जानकार छन् । ठूलालाई असर नगर्ने, साना सर्बसाधारणलाई असर गर्ने खालको कार्यक्रम गर्नुहुन्न भन्ने बारे बुझ्दा बुझ्दै पनि बन्दकर्ताहरुले यस्ता कार्यक्रममा कमी गरेका छैनन् बरु बन्दकर्ताहरु, बन्द गर्ने क्रम बढेकै छन् । यो पनि दुखद नै हो ।
बिरोधका बिभिन्न बिकल्पहरु हुन्छन् । सरकारले पनि अन्य बिकल्प अपनाउँदैमा बन्दकर्ताको मागको उचित संवोधन गर्नुपर्छ । बन्दसम्म पुग्नबाध्य पार्नुहुदैन । अनि बन्दकर्ताहरुले पनि अन्य विरोधका कार्यक्रम गर्नुपर्छ बन्द गर्नु हुदैन ।




