| आइतवार, कार्तिक २२, २०८३

बुंकोट स्वास्थ्य चौकीमा निशुल्क आँखा परिक्षण शिविर

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ को समन्वयमा बुंकोट स्वास्थ्य चौकीमा निशुल्क आँखा परिक्षण शिविर भएको छ । शिविरमा प्रस्तावित लायन्स आँखा अस्पतालका नेत्र सहायक बिकास ढकालले ६७ जनाको आँखा परिक्षण गरेका छन् । शिविरमा आउनेहरुमा दुई जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाईएको छ । एक जनाको आँखामा फुलो परेर जटिल अवस्था रहेकाले रिफर गरिएको वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

वडा कार्यालयको समन्वय तथा गोरखा लायन्स आई सर्जिकल सेन्टर(प्रस्तावित आँखा अस्पताल)को प्रबिधिक सहयोगमा अबदेखि हरेक महिनाको पहिलो मंगलबार निशुल्क आँखा परिक्षण तथा औषधी वितरण शिविर हुने वडाअध्यक्ष श्रेष्ठले बताए ।

वडा कार्यालयकै सक्रियतामा बुंकोट स्वास्थ्य चौकीमा हरेक शुक्रबार गोरखा अस्पतालको सहयोगमा विषेशज्ञ चिकित्सकद्धारा स्वास्थ्य शिविर पनि संचालन हुँदै आएको छ । स्वास्थ्य चौकीमा नै विशेषज्ञ सेवा पाएपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्