| आइतवार, कार्तिक २२, २०८३

हरमटारी चोकबासीलाई धुले पिचले सकस

हरमटारीको मुख्य चोकमा लामो समयदेखि सडक खाल्डो भयो । साना ठूला यातायातको साधनलाई गुड्न सकस भयो । यस्तो अबस्था लामो समयसम्म रहेपछि केही दिनअघि माटो राखेर सडकको भ्वाङ टाल्ने काम गरिएको छ । अहिले गाडी हिडेको बेला धुलो उँडेर हरमटारी बजार नै धुलाम्य हुन्छ । धुले ग्रामीण सडकबाट आएका सवारी साधनले यसै पनि यो चोकमा धुलो उँडाएर बजारबासीलाई हैरान पाथ्र्यो । अहिले त चोकमै धुलो ओछ्याएर स्थानीयबासीलाई हैरान पार्ने काम भएको छ ।बिहान उठेदेखि साँझसम्म अबिराम उँड्ने धुलोले नगरबासीको स्वास्थ्यमा कस्तो प्रभाव पार्ला ? सबैले अनुमान गर्न सक्ने कुरा हो । सटर थुनेर व्यापार गर्न नि सकिदैन । धुलो उँड्यो भनेर सटर थुन्न नि सकिदैन । उसोभए हरमटारीचोक आसपासका व्यापारीहरुले यतिबिघ्न धुलो सेवन गरेर व्यापार गर्ने कहिलेसम्म ?
अहिलेको अबस्था देख्दा हरमटारीचोकबासीलाई पैसाका लागि स्वास्थ्यको जुवा गर्नुपर्ने बाध्यता छ । यस्तो अबस्थाको अन्त्य कहिले होला ? यस्तो अबस्था अन्त्यका लागि के गर्नुपर्ला ? यसको अगुवाई कसले लिनु पर्ला ? आँबुखैरेनी गोरखा सडक सडक बिभागअन्तर्गत पर्छ । यसको कार्यालय दमौलीमा छ । त्यसैले यो सडक बिग्रियो भने झटपट बन्दैन । नबनुञ्जेलको सकस भोग्न स्थानीयबासी बाध्य छन् । यदि यसको मर्मतसम्भार स्थानीय तहलाई दियो भने बिग्रिनासाथ मर्मत हुनेछ । कि सडक बिभागले तत्काल रेस्पोन्स गर्नुप¥यो, कि नगरपालिकालाई जिम्मा दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्