| आइतवार, कार्तिक २२, २०८३

भूकम्पको शिक्षा : पक्की संरचना

भनिन्छ, प्राकृतिक प्रकोपले मान्छे मार्दैन । जस्तो भूकम्पले मान्छे मार्ने होइन, भूकम्प जाँदा हल्लिएर कच्ची संरचना भत्किएर मान्छे मर्ने हो । बाढी, पहिरोले पनि मान्छे मार्ने होइन । असावधानीका कारण बाढी पहिरोमा मान्छे प¥यो भने मर्ने हो । त्यसैले दोष अरुलाई दिनुअघि सावधानीको उपाय स्वयंले अपनाउनु पर्छ ।

विशेषगरी भूकम्पले थिलोथिलो भएको गोरखाबासीले बिगतको भूकम्पबाट एउटा पाठचाहिँ राम्रै सिके, भूकम्प प्रतिरोधी घर बनाउने । अहिले बनेका प्राय सबै घर भूकम्प प्रतिरोधी छ । धेरै ठाउँमा पेटी बाँधेर बनेका घरहरु बलिया हुन्छन् । यदि कसैले प्राबिधिकलाई झुक्याएर किस्ता रकम लिने उद्देश्य राखेर मात्र घर बनाएको भए, त्यसले प्राबिधिकलाई होइन, आफैलाई सिध्याउँछ । त्यसैले ठग्ने, कमजोर बनाउने गर्नु हुन्न । यसो गर्नाले आफ्नै खुट्टामा बञ्चरो हानेसरह गल्ती हुनेछ ।

अब यदि भूकम्प गयो भने बिगतमा जसो जीर्ण घर भत्किएर सयौंको संख्यामा मान्छे मर्ने जस्तो दुखद घटना हुदैन । मान्छेले जीवनको माया गरेरै पक्की संरचना बनाएका छन् । यो गोरखा लगायतका भूकम्प प्रभावित जिल्लाका बासिन्दाको सिकाइ नै हो । कच्ची संरचनाले आफ्नो र आफन्तको ज्यूज्यान जान्छ भन्ने सिकाइले सबैले पक्की संरचना बनाउने काम गरिरहेका छन् । पुनर्निर्माण प्राधिकरणको अनुदान नलिई बनेका अन्य घरहरु पनि मापदण्ड पु¥याएर बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्