
स्वच्छ मासु र दुध उत्पादन सम्बन्धि अभिमुखिकरण
गोरखाका किसानहरुलाई स्वच्छ मासु उत्पादन तथा दुध उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम दिईएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा ११ स्थानिय तहका ४० किसानलाई तिन दिने तालिम दिईएको हो ।
कार्यालयको हल र तमु हलमा छुट्टाछुट्टै रुपमा तालिम दिईएको केन्द्रले जनाएको छ । तालिलमा कार्यालयका डाक्टर जिवन पोख्रेल, रामप्रसाद देवकोटा, बुद्धि अधिकारी, आशा आले र देवी कपालीले सहजिकरण गर्नुभएको थियो ।
सो अबसरमा दुध तथा मासु प्रसोधन गर्ने तरीका, पशु वधशाला तथा मासु जाच ऐन र नियमावली, बजारीकरण, पशु बिमा लगायतका विषयमा सहजिकरण गरिएको छ ।
कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, किसान ऋषिराम सीलवाल, शान्ता श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




