| शनिबार, अशोज ९, २०८३

प्रदेश योजना हात्तीआयो, हात्ती आयो फुस्सा नहोओस्

प्रदेश सरकारले यसबर्ष गोरखामा २८ वटा सडक निर्माणको काम गर्ने भएको छ । २८ मध्य कतिपय नयाँ सडक निर्माणको काम छ भने कतिपय सडक स्तरोन्नतीको योजना छन् । कतिपय भने कालोपत्रेका योजना छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार आउँदो तीनबर्षभित्र गोरखाको पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुनेछ । मन्त्री बस्नेतले जहाँको कार्यक्रममा सहभागी हुँदा पनि विकास निर्माणका कुरा गर्ने गर्छन् र विकास निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई ‘ठाउँका ठाउँ’ कारबाही गर्ने चेतावनी दिने गर्छन् । यदि उनले भनेको झै गरे भने विकास पक्कै हुनेछ । तर ठेकेदारको पनि कम्ती दमदार हुदैनन् । काम नगरे पनि ठाउँमा पहुँच पु¥याएर कारबाहीकर्तालाई निश्तेज गर्नेछन् ।
विकासको बाधकको रुपमा अहिले भइरहेकै यही हो । काम नगर्ने अनि गणेशले सुमेरु मानेर बा( आमाको परिक्रमा गरे झै नेताजीहरुको परिक्रमा गरिरहनेहरुले विकासमा भाँजो हाल्ने गर्छन् । यस्ता प्रवृत्तिका निर्माण व्यबसायीलाई कारबाही गर्ने आँट गर्ने हो भने मन्त्री बस्नेतले भने झैं विकास हुनेछ । विकास निर्माण नहुनुको कारण ठेकेदार मात्रै होइन । मुख्यमध्यको एउटा कारणचाहिँ ठेकेदार नै हो । अरु पनि कारण छन् । उपभोक्ता समिति नालायक भए भने पनि विकास निर्माणको काम हुदैन । कार्यालयले कमिशनको चक्करले साइट नदिने, अनुगमन, सुपरीवेक्षण नगर्ने, बिल भरपाइमा लफडा गर्ने जस्ता कारणले पनि विकास निर्माणमा राजनीतिक तथा अन्य विवादका कारण पनि काम हुदैन । योजना बन्ने बजेट निकासा नहुनाले पनि पूर्वाधारको काम सम्पन्न हुन सक्दैन, इत्यादि ।
यी र यस्ता समस्या पहिचान गरी समाधान खोजेमा हाम्रो जिल्ला मन्त्रीले भने झै हुनेछ । अन्यथा हात्तीआयो हात्ती आयो फुस्सा हुने सम्भावना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्