गोरखा अस्पतालको फोहोर ब्यबस्थापनमा ध्यान पुगोस
गोरखाको सबैभन्दा ठुलो अस्पतालको रुपमा चिनिन्छ गोरखा अस्पताल । २०२९ सालदेखी सञ्चालनमा रहेको यो अस्पतालले विभीन्न कठिनाई पार गर्दै अहिले ५० शैयामा सञ्चालनमा छ । अस्पतालका सेवा प्रवाहका विषयमा बेलाबखत टिकाटिप्पणी भईरहन्छ । दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएका , पर्याप्त उपकरण र दक्ष जनशक्तिका अभावमा सामान्य सेवाका लागि पनि महंगो शुल्क तिरेर निजि अस्पताल धाउनुपरेका लगायतका विषयका माझमा टिप्पणी हुने अर्को विषय पनि थपिएको छ अस्पतालको फोहोर । गोरखा नगरपालिका मार्फत हेल्थ केयर फाउण्डेसनले गरेको अध्ययनले अस्पतालको फोहोरमैला ब्यबस्थापनमा लापरबाही भएको प्रतिबेदन सार्वजनिक गरेको छ । प्रतिबेदन अनुसार स्वास्थ्यकर्मी तथा सेवाग्राहीले पनि जथाभावि फोहोर फाल्ने गरेका छन् । सफाई कर्मचारीले पनि फोहोर ब्यबस्थापनमा ध्यान दिएका छैनन् । फोहोरको वर्गिकरण छैन, सबै फोहोर अस्पताल परिसर भित्रै जलाउने गरिएको छ । अस्पतालका फोहोरमा सुई, उपचारका क्रममा बिरामीका रगत, पिप, खकार लगायतका वस्तु लागेका कपास , कपडा जस्ता जोखिमयुक्त चिज पनि हुन्छन् । जसको माध्यमबाट एक ब्यक्तिबाट अर्कोमा संक्रमण सर्न सक्छ । सफाई कर्मचारी फोहोरसँग धेरै नजिक हुन्छन् । उनिहरु संक्रमणका संवाहक पनि बन्न सक्छन् । तयसैले उनिहरुलाई सामान्य एप्रोन र पञ्जा होईन्, विशेष किसीमका कपडाको ब्यबस्था गर्नुपर्छ,, फोहोर सकंलन र ब्यबस्थापन सम्बन्धी उनिहरुलाई तालिमको जरुरी छ । फोहोरको प्रकृति अनुसार डस्टविनको ब्यबस्था गर्नुपर्छ । डस्टविनको नियमित सफाई गर्नुपर्छ । यि त तुरुन्तै गर्न सकिने विषय भए, तर अब दिर्घकालिन रुपमा वैज्ञानिक ढंगबाट फोहोर ब्यबस्थापनको प्रक्रिया थाल्न अस्पतालले ध्यान दिनु जरुरी छ ।




