| बिहिबार, साउन २७, २०८३

चिच्याएर ग्राहक बोलाउने असभ्य चलन हटोस्

नव निर्मित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर अब सर्बसाधारणका लागि खुल्ला गरिएको छ । यसअघि जस्ताले बारेको टहरोमा प्राणप्रतिष्ठा गरिएको मूर्तिमा पूजाआजा गर्दै आएका भक्तजनहरुले अब नवनिर्मित मन्दिरभित्रै पूजाआजा गर्न पाउँदा खुशी भएका छन् ।
मनकामना दुई कारणले प्रसिद्ध छ, पहिलो त आस्थाकी केन्द्र मनकामनामाईका कारण, दोस्रो केबलकारका कारण । त्यसैले बर्षमा आन्तिरिक र बाह्य गरी करिब १० धार्मिक पर्यटन मनकामनामा आउने गर्छन् । यति धेरै पर्यटक आउने भनेको पशुपतिनाथपछिको यहाँ नै हो । त्यसैले यसको गरिमा ठूलो छ ।
यो सुखद पक्षलाई एकातिर राख्दै बाँकी नकारात्मक पक्ष, जुन सच्याउनु जरुरी छ, त्यो बिषय पनि उठाउनु आबश्यक छ । केवलकारको आनन्ददायी यात्रा समाप्त गरी केवलकारको माथिल्लो स्टेशनबाट मनकामना मन्दिरतिर जाँदैगर्दा बाटोमा होटल तथा अन्य पसलहरुबाट अत्याधिक विज्ञापन हुन्छ । यति धेरै ध्वनि प्रदुषण हुने गरी विज्ञापन हुन्छ कि, साधारण भक्तजन वा दर्शनार्थी वा सर्बसाधारण यात्रु वाक्क हुन्छन् । प्रचारकले बोलाएर र कराएर जो कसैलाई आनन्द लिदै दायाबाया हेर्दै हिड्न पनि मुस्किल हुन्छ । यसअघि त बाटोमै आएर मान्छेलाई आतंकित हुने गरी तान्ने चलन पनि थियो, मनकामना क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय र तत्कालीन गाविसको पहलमा यो परम्परा हट्यो । अहिले घरभित्रैबाट पनि अत्याधिक चिच्याईचिच्याई ग्राहक बोलाउने गर्छन् । यो परम्पराको पनि अन्त्य गर्नु नित्तान्त जरुरी छ । ग्राहकलाई आबश्यक परेको सामान स्वेच्छाले किन्छ । खान मन लागेको कुरा स्वेच्छाले खान्छ । रक्सौलको बजारमा झै कराएर, चिच्याएर ग्राहक बोलाउने असभ्य चलनको अन्त्य गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्