| शुक्रबार, साउन २८, २०८३

गोरखाको समृद्धिको आधार : वित्तीय साक्षरता

विनोद अधिकारी : पैसा नभै मानिसको जीविका नै चल्दैन । जीवनका हरेक पाईलामा पैसाकै खाँचो हुन्छ । मानिसका आवश्यकता तथा चाहनाहरु पूरा गर्ने साधन वा माध्यम पनि पैसा नै हो । यही पैसा भए मानिसको जीवन सुखमय हुन्छ अनि यही नभए दुःखमय हुन्छ ।
यसलाई बचाएर राख्न सक्यो भने आफ्ना जुनसुकै आवश्यकता पूरा गर्न,आकस्मिक अवस्थाको खर्च टार्न सजिलो हुन्छ र बुढेसकालमा दुःख पाउनु पनि पर्दैन । त्यसैले पैसा बचाउने अनि पैसा कमाउने ज्ञान सीप हुनु र सोही अनुसारको व्यवहार हुनु सबै मानिसलाई अनिवार्य छ । यस्तो ज्ञान सीप र व्यवहार सम्बन्धी शिक्षा नै वित्तीय साक्षरता हो ।
वित्तीय साक्षरताले पैसालाई तरिका मिलाएर खर्च गर्न,पैसाको बारेमा सही निर्णय लिन,सकेसम्म धेरै बचत गर्न र पैसा कमाउने उपायहरु खोज्न सिकाउँछ । यसले मानिसलाई आफ्ना जीवनका आवश्यकताहरु पूरागर्न आवश्यक पर्ने पैसाको लागि पनि अर्काको भर पर्नुपर्ने अवस्थाबाट आफूलाई चाहिने पैसा आफै व्यवस्था गर्न, कमाउन सक्ने अवस्था वा वित्तीय स्व(निर्भरताको अवस्थातिर डोहोर्याउँछ । साथै बचत, ऋण, बिमा, विप्रेषण आदिका सेवाहरु दिने वित्तीय सहकारीहरु,बैंकहरु तथा अन्य वित्तीय सस्थाहरुमा सम्पर्क समन्वय बढाउन,उपयुक्त वित्तीय सेवा छनोट गर्न र तिनको सही प्रयोग गरी आफ्नो आम्दानी बढाउन यसले बाटो खोलिदिन्छ । त्यसैले वित्तीय साक्षरताको ज्ञान सीप सबै मानिसहरुका लागि अति जरुरी छ । आफ्ना न्यूनतम आवश्यकताहरु पनि पूरा गर्न नसक्ने अवस्था गरिबी हो । गरिबी पैसाको अभावले मात्र हुने कुरा होइन । पैसा र वित्तीय अवसरहरुको सही उपयोग गर्न नजानेर पनि मानिसहरु गरिब हुन्छन् । सबैलाई थाहा भएकै कुरा हो(गाग्रो चुहिने छ भने त्यसमा जति पानी राखेपनि त्यो भरिंदैन । हाम्रो देशको,समाजको गरिबी वा विपन्नताको अवस्था पनि धेरै मात्रामा यसैसँग मिल्छ ।
समुदायका कमजोर वा विपन्न भनिएका मानिसहरुसँग पनि केही न केही आम्दानी त छ, आम्दानी बढाउन सकिने संभावनाहरु पनि उनीहरु आफैसँग छन्, तर त्यो भैरहेको आम्दानी पनि अनावश्यक फजुल काममा खर्च भएको छ र आम्दानीका संभावनाहरुको खोजी पनि भएको छैन । जसका कारण मानिसहरु गरिबीको अवस्थाबाट माथि उठ्न सकेकै छैनन् । अझ अहिलेको अवस्थामा त धेरैजसो घरमा वैदेशिक रोजगारीबाट आम्दानी÷विप्रषण समेत भित्रेको छ ,तरपनि पैसाको सही योजना र सही प्रयोग गर्ने ज्ञान सीप वा वित्तीय सचेतना नहँुदा परिवारको जीविकोपार्जनमा वैदेशिक रोजगारको कमाईले परिवारको जीविको पार्जनमा साखै सुधार ल्याउन अथवा परिवारको आर्थिक समृद्धिमा दिगो प्रभाव छोड्न सकेको छैन ।
अर्कोतर्फ अहिले गाउँ समुदाय सम्म सहकारीहरु खुलेका छन्, बैंक तथा वित्तीय संस्थाहरु पुगेका छन् तर समुदायका धेरै मानिसहरु अझै पनि सहकारीहरुमा आवद्ध छैनन्, भएपनि केवल सदस्य मात्र छन्,धेरथोर बचत मात्र गरेका छन् र क्रियाशील छैनन् । बैंक तथा वित्तीय संस्थाहरुमा तिनीहरुको पहूँच कम छ । मानिसले ऋणको आवश्यकताको विश्लेषण,ऋणको योजना, ऋणको प्रयोग र परिचालनको ज्ञान सीप नै नभै ऋणको बोझ बोकेका छन् र समयमा भुक्तानी गर्न नसकी अत्यन्त असजिलोमा फँसेका छन् ।
यी र यस्तै वित्तीय समस्या वा चुनौतिहरु नेपालका अन्य ठाउँमा जस्तै गोरखा जिल्लामा पनि प्रशस्तै छन् । त्यसैले गोरखा जिल्लामा अब ढिलो नगरीकन वित्तीय सचेतना वा वित्तीय ज्ञान सीपको विस्तारलाई अभियानको रुपमा सञ्चालन गर्नु अपरिहार्य देखिएको छ । गोरखा जिल्लालाई समृद्ध बनाउने गोरखावासीहरुको सपना पुरा गर्ने यौटा बलियो आधार नै वित्तीय सचेतना विस्तार हो । यस अभियानले मात्र वैदेशिक रोजगारीबाट गोरखामा भित्रिने विप्रेषण, पर्यटन, कृषि ,पशुपालन र जडीबुटी आदिको माध्यमबाट हुने आम्दानीलाई सही तरिकाले प्रयोग गर्न र गोरखालाई समृद्ध गोरखा बनाउन ठूलो मद्दत पुग्दछ । २०७२ सालको महाभूकम्पले गोरखाको आर्थिक सामाजिक अवस्थामा धेरै ठूलो नकारात्मक प्रभाव पारेको सबैलाई थाहा नै छ । त्यसपछि राहत र पुननिर्माणका नाममा गोरखामा ठूलो धनराशि भित्रेको छ । पुननिर्माण, पूर्वाधार विकास,जीविकोपार्जन,जीवनस्तर सुधार आदि विभिन्न विषयक्षेत्रमा काम गर्ने अन्तराष्टिूय, राष्टिूय, स्थानीय गैह्र सरकारी संस्थाहरु थुप्रै छन् । सयौँ सहकारी संस्थाहरु छन् र तिनका विषयगत, जिल्लागत सञ्जालहरु प्नि छन् । तर कसैले पनि पारिवारिक आर्थिक समृद्धिको लागि वित्तीय सचेतनाको विषयलाई आत्मसात गरी आफ्ना वार्षिक योजना तथा कार्यक्रमहरुमा प्रथामिकता साथ समावेश गरेको खासै अनुभव गर्न सकिएको छैन । वास्तवमा वित्तीय अवसरहरु विस्तार गरेरमात्र परिवारको आम्दानी बढ्छ, वित्तीय उपलब्धि हाँसिल हुन्छ भन्ने निश्चित (ग्यारेन्टी) गर्न सकिदैन । वित्तीय उपलब्धिका लागि मानिसमा ती सेवाहरु तथा अवसरहरुको सही उपयोग गर्ने ज्ञान सीप पनि दिनुपर्छ । त्यसैले वित्तीय सचेतना विस्तार वित्तीय समृद्धि हाँसिल गर्ने प्रभावकारी उपाय हो । यसका लागि गोरखामा रहेका र प्रत्यक्ष वा परोक्ष रुपमा पैसाको व्यवस्थापन तथा पारीवारिक आर्थिक विकास सँग जोडिएर काम गर्ने सबै सहकारीहरु, वित्तीय संस्थाहरु र जीविकोपार्जन, जीवनस्तर सुधार, सामाजिक सशक्तीकरण, बाल बालिका, महिला आदि विभिन्न क्षेत्रमा कामगर्ने अन्तराष्टिूय, राष्टिूय, स्थानीय गैह्र सहकारी संस्थाहरुको ऐकवद्धता वित्तीय सचेतना विस्तारका लागि अति नै अपरिहार्य देखिएको छ । जीविका ेपार्जनमा सुधार गर्न, वर्तमान तथा भविष्यमा आईपर्ने आर्थिक आवश्यकताहरु सजिलै पुरा गर्न र अन्त्यमा सम्पन्न र सुखी भविष्य पाउन कति पैसा कमाइन्छ भन्ने कुरा भन्दा पनि कति बचाउन सकिन्छ भन्ने कुराले ठूलो महत्व राख्दछ । त्यसैले धेरै पैसा कमाउनु, धेरै पैसा बचाउनु अनि बचाएको पैसालाई फेरि धेरै कमाउने काम वा व्यवसायमा नै लगानी गर्नु सम्पन्न वा धनी हुने प्रक्रिया हो । यसैका लागि मानिसलाई आफ्नो वित्तीय योजना बनाउन, सकेसम्म धेरै कमाउन र सकेसम्म धेरै बचाउन सिकाउनु अनिवार्य छ । यो नै घरघरमा समृद्धि ल्याउने एकमात्र बलियो उपाय हो । वास्तवमा सजिलै र तुरुन्तै गरिबी हटाउन सक्ने जादुको छडी कसैसँग हुन सक्दैन र दिएर मात्र कसैलाई माथि उकास्न वा धनी बनाउन पनि सकिन्न । मुख्य कुरा व्यक्तिमा आफ्नो आर्थिक योजना(वित्तीय लक्ष्य) बनाउने, मितव्ययी हुने, आवश्यक मात्र खर्च गर्ने र कडा परिश्रम गर्ने बानीको विकास गनुपर्छ । वित्तीय साक्षरता वा सचेतना नै यसको आधार हो, माध्यम हो । त्यसैले समृद्ध गोरखा र समृद्ध गोरखालीको सपना पूरा गर्न वित्तीय साक्षरतालाई गोरखामा अभियानको रुपमा सञ्चालन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्