
युवा दिवसमा कतै सरसफाइ, कतै रक्तदान तथा अन्तरक्रिया
अन्तर्राष्ट्रि युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गोरखामा विभिन्न कार्यक्रम गरी मनाएको छ । नौवटा पालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ भने दुईवटा पालिकामा फरक खालका कार्यक्रम आयोजना गरिएको छ ।
सहिद लखन गाउँपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ भने अजिरकोट गाउँपालिकाले युवाको उर्जा क्षमता र सिर्जनशिलतालाई राष्ट्र निर्माणसंग जोड्न ‘युवा सहभागिता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा गरपालिका, पालुङ्टार नगरपालिका, सिरानचोक, बारपाक सुलिकोट, भीमसेनथापा, आरुघाट, धार्चे, चुमनुब्री तथा गण्डकी गाउँपालिकाले भने सरसफाइ कार्यक्रम आयोजना गरेको रास्वपाका जिला सचिव मिलन रानाले जानकारी दिए ।




