
सहर झरेका सेवाग्राही खोज्दै सेवा दिँदै धार्चे
स्थायी तथा अस्थायी बसाइँसराइको क्रम बढेसंगै गोरखाका दुर्गम गाउँपालिकाहरुले सेवाग्राहीहरु जहाँ सरेर बस्न पुगेका छन्, त्यहीँ शिविर सञ्चालन गरी सेवा उपलब्ध गराउन थालेका छन् । सोही क्रममा जिल्लाको धार्चे गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर गोरखा सदरमुकाममा सञ्चालन गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने आफ्नो पालिकाका ठूलो संख्याका लाभग्राही गोरखा सदरमुकाम, काठमाडौं, चितवनमा बसोबास गर्ने गरेकाले भत्ता परिचयपत्र नविकरणको काम पनि सबैलाई पायक पर्ने गरी गोरखा सदरमुकाममै गर्न लागिएको पालिकाले जनाएको छ । सो पालिकाले सार्वजनिक सूचना जारी गरी सदरमुकाममा परिचयपत्र नविकरणको समय तालिका सार्वजनिक गरेको छ ।
‘विभिन्न कारणले पालिकाभन्दा बाहिर बसोबास गर्नुहुने सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै जिल्ला सदरमुकाममा परिचयपत्र नविकरण शिविर राखिएको हो’, गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ । पालिकाले आउँदो भदौ १५ गतेदेखि १७ गतेसम्म तीनदिन शिविर सञ्चालन गर्ने जनाएको छ । ‘वडा नं. १, २ र ३ का सेवाग्राहीका लागि १६ गते, वडा नं. ४ र ५ का सेवाग्राहीका लागि १६ गते र वडा नं. ६ र ७ का सेवाग्राहीका लागि १७ गते शिविर सञ्चालन हुने छ’, सूचनामा भनिएको छ ।
पालिकाले सेवा लिन आउँदा एकल महिलाका हकमा श्रीमानको मृत्यू दर्ताको प्रतिलिपि, अर्को विहे नगरेको प्रमाणित प्रतिलिपि, अरु सेवाग्राहीहरुका लागि पनि नागरिकता, राष्ट्रिय परिचयपत्रका प्रतिलिपि लगायतका कागजात ल्याउन अनुरोध गरेको छ ।
सरकारको अहिलेसम्मको गतिविधिमा बूढीगण्डकी आयोजनालाई पटक्कै चासो र प्राथमिकतामा नदिएको समितिले औंल्याएको छ । आयोजनालाई सधैं अनिश्चित बनाइरहने हो भने समितिले घरजग्गा फिर्ता लिने आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।




