| बुधबार, साउन २६, २०८३

आखा अस्पतालमा विशेषज्ञ सहित सेवा दिन सहकार्य गरौ

गोरखा सदरमुकामस्थित प्रस्तावित लायन्स आँखा उपचार केन्द्र जिल्लाकै एकमात्र आखाँ उपचार केन्द्र हो । लायन्स क्लव अफ गोरखाले विभिन्न दातृ निकायको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । केन्द्रमा अहिले नेत्र सहायकको नेतत्वमा उपचार सेवा सञ्चालन छ । महिनामा १५ सय भन्दा बढि मानिस उपचार गर्न यहाँ पुग्ने गरेका छन ।
साधारण आँखा जाच सधै भएपनि हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा केन्द्रमा महिनाको एक पटक मोतिविन्दुको शल्यक्रिया पनि हुदैं आएको छ । यसरी सञ्चालन भएको लामो समय भयो ।
परिवर्तित समयको मागसंगै अब महिनाको एक पटक मात्रै होईन सधै विशेषज्ञ सेवा सहित केन्द्रको स्तरोन्नति गरिने भएको छ । आइकेयर फाउन्डेसन द नेदरल्यान्ड्स, लाइन्स क्लब अफ गोरखा र नेपाल नेत्रज्योति संघ गोरखा केन्द्रको स्तरोन्नतीका लागि सहकार्यमा जुटेका छन् । यसका लागि केन्द्रमा नियमित रुपमा आँखा विशेषज्ञ राख्नुपर्नेछ । तर विशेषज्ञलाई तलब जुटाउन सञ्चालकलाई हम्मे हम्मे छ । अरु विशेषज्ञको तुलनामा नेत्र विशेषज्ञको तलब सुविधा बढि हुने भएकाले केन्द्रले तलबकै लागि अक्षयकोष स्थापनाको तयारी पनि गरेको छ । केन्द्रको यो पहलमा सबैले साथ दिनु जरुरी छ । सबै स्थानीय तहहरुले यसमा आर्थिक सहयोग गर्नुपर्छ ।
स्वास्थ्यका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थांले पनि होस्टेमा हैसे गर्नु जरुरी छ । किनकि जिल्लामै विशेषज्ञ सहित शल्यक्रिया लगायतका सेवा पाएमा जिल्लाका आँखाका बिरामी उपचारका लागि महंगो खर्च गरेर बाह्य जिल्ला जान बाध्य हुनुपर्दैन । रोग पालेर बस्नु पर्ने अबस्थाको पनि अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्