| आइतवार, जेष्ठ १६, २०८३

गाउँका विद्यालय बचाऔँ

कुनै एउटा समय थियो, जनसंख्या अनियन्त्रित हुनेगरी बढ्ला भन्ने सोचर जनसंख्या नियन्त्रण गर्ने अभियान चल्यो । परिवार नियोजन नाम दिएर चलाइएको सो अभियानमा देशको सबैभन्दा ठूलो बजेट खर्च हुन्थ्यो । विदेशीले पनि यो कार्यक्रमलाई सघाउन ठूलै धनराशी खर्च गरे ।

परिबार नियोजन कार्यक्रम दशकौं चल्यो । ओ कालखण्डमा आइपुग्दा यो कार्यक्रम धेरै प्रभावकारी भएको पुष्टि भयो ।
अहिलेका दम्पती एउटा मात्र सन्तान जन्माएपछि ढुक्क हुन्छन् । यसो गर्दा जनसंख्या दोब्बर कम हुने गणितले बताउँछ । अथवा सन्तानै नजन्माउने प्रवृत्तिको पनि विकास भइरहेको छ । यसो हुँदा जनसंख्या यसै घट्छ । अनि जति भएका गाउँलेहरु पनि वैदेशिक रोजगारीमा जाने, अलिअलि पैसा कमाएपछि श्रीमती र बालबालिका बजारमा लगेर डेरा गरेर राख्ने गरेपछि गाउँको जनसंख्या यसै कम भइहाल्छ ।

यसलाई नतिजा तथ्यांकगत रुपमा हेर्ने हो भने सहिद लखन गाउँपालिकाको पछिल्लो घटनाक्रम हेर्नुपर्छ । बिद्यार्थी नभएपछि शहिद लखन गाउँपालिकाले बिद्यालयहरुको तह घटाएको छ । यो बर्ष आठ वटा बिद्यालयको तह घटाइएको छ । ६ वटा बिद्यालयमा भने बालबिकास सहजकर्तावाहेकका अन्य शिक्षक दरवन्दी कटौती गरेको छ । पाँच जनाभन्दा कम बिद्यार्थी भएका बिद्यालयमा बालबिकास सहजकर्ताको मात्र दरवन्दी राखेर अन्य कटौती गरिएको हो ।
विद्यार्थी संख्या नै कम भएपछि विद्यालय बन्द हुनु स्वभाविकै भयो । विद्यालय बन्द भएपछि शिक्षक, कर्मचारीको दरबन्दी कटौति हुनु पनि स्वभाविकै भयो ।

यो समस्या समाधान गर्न सर्वप्रथम जनसंख्याको तीब्र गिरावट रोक्नुपर्छ, अर्थात जनसंख्यालाई सन्तुलित र स्वभाविक बनाउनु पर्छ । स्वदेशमै, गाउँठाउँमै रोजगारीको सिर्जना गरी वैदेशिक रोजगारीमा जाने क्रम घटाउनु पर्छ । सहरमुखी हुने प्रवृत्ति पनि घटाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्