
दूर दराज पुगेर सेवा दिने वैंकको प्रसंसनीय कार्य
गोरखाका ११ पालिकामध्य सबैभन्दा दूर दराजमा चुमनुब्री गाउँपालिका पर्दछ । चुमनुब्रीको पालिका केन्द्र सिर्दिबास पुग्न हिउँदका दिनमा नाग्चेतसम्म गाडी चल्छ । त्यहाँबाट आधाघण्टा हिडेपछि पालिका केन्द्र पुगिन्छ । तर बर्खाका खेला त्यहाँसम्म गाडी चल्दैन । त्यो बेला धार्चे पालिकाको केन्द्र माछाखोलासम्म पनि सवारी साधन चल्दैन । अनि पालिकाको केन्द्र पुग्न पनि कैयौँ दिन हिँड्नु पर्दछ ।
चुमनुब्रीको सातवटा वडाहरुमध्य वडा नं. १ र वडा नं. ७ बाट पालिकाको केन्द्र आइपुग्न तीन दिनसम्म लाग्छ ।
यति बिकट गाउँमा सेवा दिने उद्देश्यले त्यहाँ कुमारी वैंक स्थापना भएको छ । सो वैंकले सुरुका दिनमा इण्टरनेट लगायतका चुनौतिका कारण सेवा दिन असहज भए पनि अहिले सहज तरिकाले सेवा दिइरहेको छ । ्सबैभन्दा प्रभावकारी कामका रुपमा सो पालिकाले दुर दराजका गाउँबस्ती पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिएको छ । यो अति नै सह्रनीय काम हो । अनकण्टार गाउँबस्तीमा नगद बोकेर हिड्नु यसै जोखिम छ । त्यसमाथि पनि पनि सातै वटा वडामा वृद्धभत्ता बाँड्न पैसा बोकेर कैयौदिनसम्म घुम्ति शिविर लिएर हिड्नु चुनौतिपूर्ण काम हो । तैपनि सो वैँकले वडा नं. १ देखि ७ सम्मका गाउँबस्ती पुगेर वितरण गरेको छ । तल्लो भेगका वैँकहरुले वृद्धवृद्धालाई भत्ता लिनकै लागि वैंकमा बोलाउँछ । दिनभर लाइन लाएर बस्छन् । धेरै सास्ती पाउँछन् । तर कुमारी वैँकले दुर्गम गाउँबस्तीमा पुगेर भत्ता वितरण गरेको छ । यो प्रसंसनीय काम हो ।




