| मङ्लबार, साउन २५, २०८३

खोई लार्के भन्सार कार्यालय ?

श्रृङ्खलावद्ध रुपमा सुन, चाँदी, अखेटोपहार बरामद भइरहेका छन् । केही समयअघि चिरु, सतुवा, बनलसुन, पाँचऔंले जस्ता बहुमूल्य र ओसारपसारमा अबैध मानिने जडिबुटी पनि बरामद भएका थिए । सीमा कटाउने उद्देश्यले लगिएको गाई, गोरु पनि बरामद भइरहेका छन् ।
वैध रुपमा सीमा क्षेत्रमा पु¥याइएका जडिबुटी पनि बिना निकासी घरनिर्यात हुन्छन् । बर्षमा करोडौंको जडिबुटी निकासी हुदै आएका छन् । अबैध सामानको कुनै तथ्यांक नै छैन । यस्तो अबस्थामा लार्के भन्सार कार्यालय सुषुप्त छ ।
लार्के क्षेत्रमा रहनु पर्ने लार्के भन्सार कार्यालय बर्षौदेखि सिर्दिबासको जगतमा रहेको थियो । त्यही कार्यालय पनि अहिले कर्मचारीबिहिन छ । कर्मचारीको दरबन्दी छ । कर्मचारी पनि छन् तर ती कर्मचारी अहिले कहाँ कुन कार्यालयमा छन् पत्तो छैन । त्यहाँ राखिनु पर्ने फर्निचरहरु सदरमुकामका केही कार्यालयहरुमा अहिले पनि भेटिन्छ । अवैध आयात निर्यात नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयको नजर हेलिकोप्टरमा मात्र छ । तर भन्सार कार्यालय स्थापना गर्ने, सञचालन गर्नेतिर ध्यान दिएको छैन । करोडौं रुपियाँको राजस्व गुमिरहेको छ । त्यसतर्फ ध्यान दिएको छैन ।
लार्के भन्सार कार्यालयका कर्मचारीको खोजी गर्नुपर्छ । भन्सार कार्यालय सञ्चालन गर्नुपर्छ । अनियमित आयात, निर्यातमा नियमन हुनुपर्छ । यसले एकातिर राजस्व वृद्धि हुन्छ, अर्कातिर अबैध आयात, निर्यात ब्यबस्थित हुन्छ ।
लार्के भन्सार कार्यालय जगतमा स्थापना गरिनु आफैमा लज्जास्पद छ । यसलाई लार्केमा स्थापना गर्नुपर्छ । बाह्रै महिना खुल्ला गरिएको छेकम्पारको नाकामा पनि भन्सार कार्यालय स्थापना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्