| मङ्लबार, साउन २५, २०८३

. . . र त दरौँदी एक नम्बर !

सन्तोष अधिकारी ः पुरापुर छ वर्ष काम गरेर मैले दरौँदीसँगको कार्ययात्रालाई एक महिना अघिदेखि टुंग्याएँ । २०६९ भदौ २४ गते मैले दरौँदीमा काम गर्ने स्वीकृती पाएको थिएँ । स्कूले जीवनमा निबन्ध लेख्ने, बत्तित्वकला प्रतियोगितामा भागलिने, विभिन्न रेडियो कार्यक्रममा भाग लिने गर्दै पत्रकारीतामा प्रवेश गरेको मलाई दरौँदीले नै पत्रकारीता सिकायो । मैले पत्रकारीताको गुरु यहि दरौँदीमा भेटाएको हुँ ।
आज दरौँदीले नै समाचारको परिभाषा सिकाएको छ । दुनियाँलाई समाचारको माध्यमबाट सम्प्रेषण गर्ने अबसर प्राप्त गरेको छ । गोरखाली पत्रकारीतामा अधिकां शको प्लेटफर्म भनेकै कसैको दरौँदी पाक्षिक, कसैको दरौँदी साप्ताहिक र कसैको दरौँदी दैनिक अनि मलाई पनि त्यहि दरौँदी दैनिकमा तीन महिने स्वयम सेवकको रुपमा काम गर्ने मौका जु¥यो । अनि त्यहि स्वयम सेवकको रुपमा काम गर्दा गर्दै दरौँदी दैनिकमा कर्मचारीको रुपमा समाचार सप्रेषणमा जुट्न थालेँ । आज दरौँदी पनि फेरिँदो छ । अनि हाम्रो पत्रकारीता पनि फेरिँदो छ । फेरिँदो पत्रकारीतालाई पक्रेर अगाडी पढ्ने अबसरमा दरौँदी अडिक रहेकै छ । समाजका विभिन्न बेतिथीहरुसँग समाचारको माध्यमबाट जुध्न यहि दरौँदीले सिकायो । गोरखाका विभिन्न गाउँ गाउँमा गएर पत्रकारीता सिकाउने यहि दरौँदी हो । विश्वमा संचारको विकास सँगै गोरखाको पत्रकारीता र दरौँदी पनि मिसन पत्रकारीतामा जनतालाई सुसुचित बनाउन अडिक छ । पत्रकार भनेको लेख रचना तथा समाचारका माध्ययमबाट कलमको तागत देखाउने शक्ति माध्यम हो । त्यहि शक्ति बलियो बनाउँने क्रममा समाचार लेखेकै कारण दरौँदी जल्यो तर पनि दरौँदीले आफ्नो निरन्तरतालाई तपाईँ सबै पाठकका माझ ल्याइरहेको छ । आफ्नो शक्तिलाई गलाउन चाहेन । बीचमा रोकिएको दरौँदीको यात्रालाई सम्पादक शिव उप्रेतीले जसरी दरौँदी नदि झैँ निरन्तर बगाइरहनु भएको छ ।
म पनि निरन्तरता दिन यात्री बन्न आइपुगेँ । त्यहि तागतका साथ आज दरौँदी दैनिक जिल्लाका ताजा खबरलाई तत्कालै देश तथा विश्वव्यापी बनाउने पत्रकारीताको माध्यमको रुपमा स्थापना भएको छ । गाउँ बस्तीका घटना, दुर्घटना, बसोबास, गतिविधि, रितिरिवाज, कलासंस्कृति, भेषभुषा, संगती बिसंगतिजस्ता गतिबिधिलाई उजागर गर्ने सामथ्र्य पत्रकारीता पेशासँग छ । जिल्लामा राजनितिक दलका गल्ति कमजोरीलाई समाचारमा समेट्दा पत्रकार नराम्रो भन्ने प्रचलन बढ्ने गरेको पाइएको छ । होला तपाईँले सोचे अनुरुपको समाचार दरौँदीमा आएन होला तर म ठोक्काका साथ भन्न सक्छु दरौँदीको समाचारमा कुनै बार्गेनिङ छैन । त्यसका लागि सम्पादक शिवप्रसाद उप्रेतीलाई पनि मेरो आभार । दरौँदी दैनिकबाट सुरु मेरो पत्रकारीताको यात्रा आज अलि फराकिलो बनेको छ । देश संघीयतामा गएसँगै म अहिले गण्डकी प्रदेशको राजधानी पोखरामा छु । तर पत्रकारकै रुपमा छु । जुन अबसर मैले दरौँदीमा काम गरेकै फल हो । गोरखामा पत्रकारीता गर्दा धेरै आरोह अबरोहहरु नआएका होइनन् । पत्रकारले एक पार्टीको समाचार लेख्दा अर्काे पार्टीले पत्रकारलाई उक्साउने भोलि त्यहि पार्टीको केही कुरा पत्रिकामा प्रकाशन भयो भने पत्रकारलाई हेर्ने दृष्टिकोणका बाबजुत पनि समाचार लेखनका कार्यहरु अगाडी बढेका छन् पत्रकारको समाथ्र्य बढेको छ ।
दरौँदी अहिले अझ जिम्बेवारी भएको छ । किनकी बिहेवारी बीस वर्ष पारी भने झैँ दरौँदी अब २१ वर्षे लक्का जवान हो । जवान भएपनि यसले आफुलाई परिपक्क बयस्कको रुपमा समाचार सम्प्रेषण गर्ने हैसियत बनाएको छ । … र त दरौँदी गोरखाको नम्बर एक दैनिक पत्रिका बनेको छ । यसले अब यूवाको जोश र सामथ्र्य निकालेर पाठको सूचना पाउने अधिकार, ठगिन नदिन र सचेत गराउन भिन्न खालको रणनिती अपनानु जरुरी छ ।
कसले पहिले सूचना लिने र जनमानसमा दिने भन्नेमा पत्रकारहरुमा स्पर्धा हुन्छ । अझै गोरखामा त केहि पत्रकारको काम भनेको राजनितिक आडमा अन्य साथीहरुको खोइरो खन्नेसीवाय केहि देखिन्न । सबै पत्रकारहरुले थाहा पाएका सूचना पनि कसले नयाँ तरिकाले प्रकाशन गर्ने भन्नेमा पनि पत्रकारहरुको कलम, लेखन र शैलीको लडाइँ हुन्छ । कसले सही, सत्य र तथ्य सूचना दिने भन्ने पनि पत्रकारहरुमाझ प्रतिष्पर्धा हुन्छ । जेजे भएपनि र हुने गरेपनि दरौँदीले सिकायो त केबल समाचार सहि र सत्य पस्कनुपर्छ भनेर मात्रै सिकायो । लेखाईको महत्व यहि दरौँदीले सिकायो सम्पादक शिव उप्रेतीले सिकाउनु भयो । यही प्रतिष्पर्धामा रमाउने पत्रकारहरुको पेशा सम्मानित र मर्यादित पनि उत्तिकै हुन्छ । यहि गोरखामा भूकम्प गयो । गोरखा भूकम्पको पिडामा अझै छ । भूकम्प पछिको पुननिर्माणलाई दरौँदीले कति सहयोग पु¥याएको छ । आमपाठकलाई नै थाहा छ । कति पय घटनाहरु बाहिर आएपछि जिल्लाका प्रशासक मुकदर्शक बनिदिँदा जनता ठगिनबाट बञ्चित हुन नसकेको अबस्था पनि यहिँ छ । पत्रकारको काम सबैतिर सम्मानित हुन्छ भनेर विश्वास गरिन्छ । सर्वसाधारण मान्छे वा नाम कमाएका मान्छेहरु, ब्यक्तिहरुले पनि पत्रकारलाई मर्यादित रुपमा हेरिरहेका हुन्छन् । किनभने उसको योगदान, कार्यक्षमता, प्रतिभालाई चर्चा गर्ने, सबैको सामु पु¥याउने माध्यम पत्रकार हो, उसको कलम हो र छापा तथा विद्युतिय सञ्चारका माध्ययम हुन । तसर्थ पत्रकारको स्थान, जिम्मेवारी सदैब महत्वपूर्ण नै हुन्छ ।
पत्रकारले जिल्लालाई हेर्ने प्रमुख जिल्ला अधिकारीको भन्दा धेरै मुद्धा हेर्दाे रहेछ । किनकी तिनै जिल्लाका सबै निकाय हेर्ने सिडीयोलाई पत्रकारले निगरानी गरिहेको हुन्छ । पत्रकारसंग सबैले केही न केही नयाँ घटना तथा चाख लाग्दा विषयका अपेक्षा गरेका हुन्छन् । कसैले उनीहरुबाट प्रचारप्रसारको अपेक्षा गरेका हुन्छन् भने कसैले उनीहरुको कामको व्याख्यान र सुझाब । यी सबै खुवी पत्रकारीता गर्नेहरुसंग हुनुपर्छ । त्यसैले पत्रकारहरुले यी बिषयबस्तुमा अरुको भन्दा धेरै ज्ञान, जानकारी राख्नसक्नु पर्दछ । यसका लागि पत्रकारहरुले अनुभव विषयबस्तुको अध्ययनको जानकारी राख्नुपर्ने अपरिहार्य छ । आमसञ्चार देशको कानुनको कार्यदिशाको मार्ग कोर्ने कुटो भन्दा पनि फरक नपर्ला । पत्रकार समाजको सूचनाको माध्यम मात्र होइन गल्ति कमजोरी औँलाउने सामथ्र्य भएका व्यक्तिहरु हुन् । त्यसैले आम नागरिकले पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक र मर्यादित हुनु पर्दछ । गोरखामा कुनै पक्षको नकरात्मक समाचार छापियो या पत्रकारले लेख्यो भने हेर्ने दृष्टिकोण बदल्ने तर आफ्नो नकरात्मक नियत नबदल्ने, आफु समर्थक भनिएको पत्रकारलाई उकास्ने परम्पराले बास गरेको छ । मैले पुरापुर छ वर्ष दरौँदी दैनिकमा काम गर्दा यहाँ सिकेको कुरा, यहाँको काम गर्ने वातावरणले नै मैले दरौँदीलाई पहिलो नम्बरमा रोखेको हुँ । दरौँदीले समाचारको मर्मलाई र कार्यरत सञ्चारकर्मीको मर्मलाई बुझेको छ । जस्तोसुकै जोखिमको सामना गरेर भए पनि पत्रकारहरु विषयबस्तुको स्थलगत रिपोर्टिङ्ग गर्न पुगेकै हुन्छन् । कतिपय काम वा समाचार ज्यानको बाजी मारेर गर्नुपर्नेहुन्छ । ती सबै गरेबापत उनीहरुलाई न शान्त सँग बस्न सक्ने वातावरण हुन्छ न आम्दानी । बरु उल्टै, बजारमा बसकेको छ, घरभाडा, रासन पानीको पैसा तिर्न त परै जाओस खोजी खर्च नटर्ने रकम दिएर काममा दलाईको हुन्छ । दरौँदीले भने कर्मचारी कत्तिको सन्तुष्ट पार्न सकेको छ भन्ने विषयमा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारी कत्तिको टिकेका छन् भन्नेमै प्रष्ट छ ।
पत्रकारलाई प्रयोग गर्न चाहनेहरुँंग पत्रकारको सम्बन्ध राम्रो देखाएपनि उनीहरुको कार्यप्रति चाख देखाउने खालको हुनु पर्दछ । जो सुकैको भएपनि नकारात्मक रुप र कार्य ढाकछोप गर्नु चाहनेको आर्थिकको लोभपर्नु, राजनीतिक पार्टीको नशामा चल्नु, पत्रकारको दुरदशा सुरुहुनु हो । यसबाट पनि पत्रकारहरु टाढिन सक्नुपर्दछ । पत्रकारको पत्रकारीता स्वच्छता, निश्पक्षता र विषय वस्तु सँग सम्बन्धित व्यक्तिको मुखमा नकारात्म शब्द रोक्न सक्ने हुन सकेमा मात्र पत्रकारले समाज परिवर्तन गर्न सक्छ । कलमको तागत देखाउन सक्छ । यहाँ कसैकसैले दलको आडमा रहेर कलमको तागत देखाउन खोजीरहेका छन् । उनीहरु विस्तारै पत्रकारीता भन्दा पार्टीका भरौटे, तथा जनताले नपत्याउने नेता बन्ने निश्चित छ । जो यूज हुन्छन् । जिल्लामा पत्रकारिताको लहर जागे पनि व्यवसायीक पत्रकारीता अझै सुरु नभइसकेको हुनाले जिल्लाका सम्पूर्ण क्रियाशिल पत्रकारहरु व्यवसायीक रुपमा लाग्न जरुरी छ । पत्रकारितामा लाग्नु सहज भए पनि काम गर्न र भित्र बसेर समाचार संप्रेषण गर्नु कम कठिनाईको कुरा छ नै, अझै नेपाली पत्रकारितामा पत्रकारको जोखिम मोल्दाको तुस भने बाँकी नै छ ।
समाजको परिवर्तन र आवाज नभएकाको बुलन्द विचार समेट्न सक्नु आजको सञ्चार माध्यम र पत्रकारीताको धर्म हो । विशेषत जिल्लाको उत्तरी गोरखाको समाचार संकलनमा देखिएका चुनौती र त्यहाँको रिपोटिङ्गले गोरखाको पत्रकारीतालाई केहि उचाइमा पुगेको भान भएको छ । आगामी दिनमा पनि अझ सजक भएर दरौँदी सँगको नाता गाढा पार्दै जाने संकल्प गर्दछु । मैले कार्यथलो जहाँ बनाए पनि दरौँदी मन मुटुमै छ । दरौँदीलाई अहिले चुनौती थपिएको छ । गोरखा ११ स्थानीय तहमा विभाजन भएको छ । सबै तहको सूचना सबै क्षेत्रका मानिसले थाहा पाउनु अधिकार हो । त्यसैले ती हिमाली र पहाडी भएका तहका समाचार सहजै सम्प्रेषण कसरी गर्न सकिन्छ यो समग्र गोरखाको चुनौती हो ।
२१ वर्षे तन्नेरी भएको दरौँदी २०५४÷०५५ सालमा पाक्षिक रुपमा प्रकाशन सुरु गरी विभिन्न बाधाअबरोहहरु पारगर्दै साप्ताहिक हुँदै विगत केहि वर्षयता दैनिक रुपमा आफ्नो प्रकाशन जारी राखेको छ । दरौँदीले आफ्नो ओहोदा कायम राख्न सकेकै कारणले आज यो स्थानमा छ । सूचना विभागको बर्गिकरणमा पनि दराँैँदी जिल्लामै एक मात्र ‘क’ बर्गको पत्रिका हो । … र त दरौँदी जिल्लाकै नम्बर १ पत्रिका । यसले आफ्नो कर्मचारी र पाठकलाई भरपुर सन्तुष्ट राख्न सकोस् २१ वर्ष होइन शयौँ वर्षको आयू राख्नु दरौँदीलाई शुभकामना !
लेखक थाहाखबर डटकमका गण्डकी प्रदेशका प्रमुख हुन ।

प्रतिक्रिया दिनुहोस्