हवाइमैदानको जग्गा अतिक्रमणमुक्त होओस्
पालुङ्टारमा रहेको विमानस्थल गोरखाको एउटा गहना हो । विकासको क्रममा कुनै दिन सो एयरपोर्ट सञ्चालनमा आउन सक्ने सम्भावना मरेको छैन । किनभने नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बेलाबेला यसलाई सम्झिरहन्छ । मर्मतसम्भारको काम गरिरहन्छ ।
सो एयरपोर्ट तत्काल सञ्चालन हुने कुनै सम्भावना रहेको छैन । तैपनि आकस्मिक अवतरणका लागि एयरपोर्ट चुस्त दुरुस्त राख्नु पर्ने अन्त र्राष्ट्रिय व्यवस्था छ । त्यसैले यसलाई अरु प्रयोजनका लागि उपयोग गर्न नमिलेको हो ।
क्यानले यसबर्ष धावनमार्ग तथा सीमा क्षेत्र व्यवस्थापनका लागि बजेट बिनियोजन गरेको थियो । कार्यक्रम अनुसार केहीदिनअघि मात्र एयरपोर्टको जग्गाको नाप नक्शा गरिएको छ । त्यस क्रममा एयरपोर्टको १२ रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ । विशेषगरी एयरपोर्टको जग्गामा सडक निर्माण गरिएको छ । यतिसम्म कि, सडकभन्दा बाहिर पनि एयरपोर्टको जग्गा छ ।
जसले यस्तो काम गर्ने निणर्य गरे पनि गलत भएको छ । बलको तुजुकले गर्दा अदूरदर्शी काम भएको छ । राष्टिूय, अन्तर्राष्टिूय महत्व राख्ने सम्पदामा हचुवाको भरमा काम गर्न हुदैनथ्यो ।
विमानस्थलभन्दा पूर्वतर्फ, उत्तरपूर्वतर्फ, उत्तरतर्फ र पश्चिमतर्फ सडक निर्माणको क्रममा विमानस्थलको जग्गा अतिक्रमण भएको पाइएको छ । टावरभन्दा तलचाहिँ एयरपोर्टको जग्गामा दुईतीनवटा नयाँ घरहरु बनेका छन्
एयरपोर्टको वरिपरि बनेका कालोपत्रे सडक सबै नै एअरपोर्टको जग्गामा बनेको छ ।
नगरपालिकामा स्थानीय सरकार गठन हुनुअघि नै एयरपोर्टको जग्गा अतिक्रमण भएको हो । नागरिक उड्यन प्राधिकरणले नै आफ्नो सम्पत्ति जोगाउन तदारुकता देखाउनु पर्छ ।




