| मङ्लबार, साउन ११, २०८३

भारतले पबजी खेलमा प्रतिबन्ध लगायो, नेपालमा कहिले !

भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ ।

ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ । मन्त्रालयकाे बयानमा भनिएकाे छ, ‘याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे रक्षा हुनेछ । याे निर्णय भारतकाे साइबर स्पेसकाे सुरक्षा र सम्प्रभुताकाे सुनिश्चित गर्ने मनसायबाट लिइएकाे हाे ।’

नेपालमा तत्काल पबजी खेलमा प्रतिबन्ध लगाउने कुनै निर्णय भएको छैन । तर यस खेलमा धेरै समय खर्चिने युवापुस्ताको संख्या भने बढेको छ ।

यसले खेलले एकोहोरो बनाउने, युवा पुस्ताको मानसिकता साँघुरो बनाउने हुँदा खेल बन्द गर्नुपर्ने केही मनोसामाजिक परामर्शकर्ताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्