| शुक्रबार, साउन १४, २०८३

विज्ञले बनाएका नीति कार्यक्रम कति प्रतिशत लागु हुन्छन् ?

हरेक बर्षको असार १० गतेभित्र आउँदो बर्षको नीति तथा कार्यक्रम ल्याउनु पर्ने ऐनमा उल्लेख छ । तर गोरखाका चारवटा पालिकाले बुधबार नीति कार्यक्रम पास गर्न सकेनन् ।

बुधबार पास भएका नीति तथा कार्यक्रम ज्यादै राम्रा, आकर्षक र लोभलाग्दा छन् । सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, महिला, अपाङ्ग, बालबच्चा, दलित, विपन्न, दीर्घरोगीहरुका लागि प्रिय कार्यक्रम छन् ।

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, प्रविधिका क्षेत्रमा उल्लेख्य विकास गर्ने बिषय नीति तथा कार्यक्रममा उल्लेख गरिएका हुन्छन् । कतिपय पालिकाले नीति तथा कार्यक्रम बनाउन निपूर्ण विज्ञको प्रयोग गरी नीति तथा कार्यक्रम बनाएर वाचन गरेका हुन्छन् । उनीहरुले देशभरका नीति कार्यक्रम संग्रह गरेका हुन्छन् । तीमध्य यताको उता उताको यता गरेका हुन्छन् । त्यस्ता नीति तथा कार्यक्रम कपिपेष्ट गरेर पारिश्रमिक लिएका हुन्छन् ।

विज्ञले बनाएका यस्ता नीति तथा कार्यक्रम कति प्रतिशत लागु हुन्छन् ? यसको आम पालिकाबासीले अध्ययन, अनुसन्धान गर्नु जरुरी छ । कतिपय हरफहरु गाविस हुँदा पनि पढिएका थिए । पालिका भएको पहिलो बर्ष पनि पढिएको थियो । गतबर्ष पनि पढिएको थियो । यसबर्ष पनि दोहोरिएका छन् । ती कार्यान्वयन हुन्छन् कि नीति कार्यक्रमको भोलुम बढाउने मात्र हुन् ? अध्ययन गर्नु जरुरी छ । अनि प्रश्न गर्नुपर्छ, सँधै दोहोरिरहने तर कार्यान्वयन नहुने नीति तथा कार्यक्रम किन बनाउने, भनेर ।

प्रतिक्रिया दिनुहोस्