| शुक्रबार, बैशाख ७, २०८१

क्रसर उद्योग अनुगमन र नियमन गर

अहिले देशभरिका क्रसर उद्योगहरु वैध छैनन् । क्रसर उद्योग नवीकरण बन्द गरेका कारण देशभर सञ्चालित क्रसर उद्योग नवीकरण नहुँदा वैध हुन नसकेका हुन् ।

अहिले सरकारले क्रसर उद्योग दर्ता गर्न पनि बन्द गरेको लामो समय भएको छ । एकातिर ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्रीको अभाव, अर्कातिर ढुंगा,गिटी, बालुवा प्रशोधन गर्ने क्रसर उद्योग दर्ता तथा नवीकरण रोक्का छन् । यसले देशमा निर्माण सामग्री अपूर्तिमा असहज अबस्था पैदा भएको छ ।

यसकै नतिजा गोरखामा पनि देखिएको छ । यसअघि जिल्लामा सञ्चालित तीन वटा क्रसर उद्योग नवीकरण हुन पाएका छैनन् । एउटा क्रसर उद्योग दर्ता नगरी सञ्चालन आएको छ । सिरानचोक गाउँपालिका ६ खहरेस्थित दरौंदी नदी किनारमा दरौंदी क्रसर उद्योग बिनादर्ता सञ्चालन गरिएको हो । स्थानीय भीमकुमार श्रेष्ठको १७ र ६ गरी २३ रोपनी जग्गा १० बर्षका लागि भाडामा लिएर क्रसर उद्योग सञ्चालन गरिएको हो ।
सो क्रसर उद्योग खोलाको किनारामै स्थापित छ । खोलाभन्दा पाँचसय मिटर वर क्रसर उद्योग सञ्चालन गर्न नपाउने कार्यविधि मिचेर किनारमै क्रसर उद्योग सञ्चालन गरिएको छ । त्यतिमात्रै होइन, उद्योगबाट निश्कासित प्रदुषित पानी सिधै दरौंदी खोलामा झर्छ । यसले दरौंदी खोला प्रदुषित हुन्छ ।

यस्ता बिकृति, बिसंगतिको अनुगमन गर्न प्रदेशस्तरमा पनि अनुगमन समिति छ, जिल्ला तहमा पनि र स्थानीय तहमा पनि अनुगमन समिति छ । तर अहिलेसम्म त्यहाँ कसैको अनुगमन पनि छैन, व्यबस्थित गर्ने प्रयास पनि छैन । सबै निकायले अनुगमन गरेर नियमन गरी व्यवस्थित गर्ने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्