| आइतवार, साउन १६, २०८३

बलात्कार, त्यो पनि आफन्तबाटै धेरै घटना ?

अहिले देशभर महिला हिँसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले महिला हिँसा न्युनिकरणका लागि बिभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका छन् ।

स्थानीय सरकारले वडावडा, गाउँबस्ती पुगेर चेतनामुलक कार्यक्रम, जागरण अभियान सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवाकेन्द्रमा रहेको तथ्यांक अध्ययन गर्दा नेपालमा र त्यसमाथि पनि गोरखामा बलात्कारका घटना ज्यादै बढेको देखिन्छ । २० बर्ष उमेर नपुगेका महिलासँग यौन सम्पर्क राखेमा सहमतिमै भएको भए पनि जबर्जस्ती(बलात्कार) ठहरिन्छ । यही कारणले पनि बलात्कारको घटनामा वृद्धि भएको देखिएको हुन सक्छ । समग्रमा बलात्कारका घटना ज्यादै बढ्दैछन् । बढ्दो सूचना तथा सञ्चार प्रविधिको प्रयोग, युवाहरु विदेश पलायन, खाना मा यौनवद्र्धक पदार्थको प्रयोग आदिका कारण पनि यस्ता अप्रिय घटना बढिरहेका हुनसक्छन् ।

बलात्कारको घटनाको अध्ययन गर्दा अर्को अप्रिय तथ्य पनि भेटिएको छ । महिला, युवती, किशोरी वा बालिकाहरु आफन्त(संरक्षक)हरुबाट बलात्कृत हुने घटना पनि बढिरहेको छ । यो अत्यन्त अकल्पनीय घटना हो । जसलाई संरक्षक मानिन्छ, उहीबाट शिकार बन्न पुग्नु ठूलो बिडम्बनाको बिषय हो । त्यस्तै अनाथ आश्रम तथा बिभिन्न आश्रयमा रहेका महिलाहरु पनि संरक्षकबाटै बलात्कृत हुने घटनाको संख्या उल्लेख्य छ । यस्ता दुखद घटना न्यूनिकरण मात्र होइन, अन्त्य होओस् ।

प्रतिक्रिया दिनुहोस्