| बिहिबार, बैशाख ६, २०८१

कर्मचारी लोकतान्त्रिकरण हुन अझै बाकी ?

 

शुक्रबार राष्ट्रिय सतर्कता केन्द्रले आयोजना गरेको कार्यक्रममा गोरखाका सेवाग्राहीले बिभिन्न कार्यालयबाट सेवा लिने क्रममा बिभिन्न समस्या भोग्ने गरेको बताए ।

कार्यक्रम हुनुअघि केन्दले कार्यालयको प्रांगणमा गएर सर्भे गरेको थियो । सर्भेको प्रतिवेदन कार्यक्रममा प्रस्तुत गरेको थियो । सो क्रममा कतिपय कार्यालयमा बिचौलिया बिना काम गर्न नसकेको बताएका थिए । कतिपय कार्यालयका कर्मचारीले अनाबश्यक झण्झट लगाइदिएर सेवाग्राहीलाई आजित पार्ने गरेको, कतिपय कार्यालयका कर्मचारीले अनावश्यक लाभ लिने प्रपञ्च गरेको गुनासो गरेको सर्भे प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै कतिपय कार्यालयका कर्मचारीले सेवाग्राहीलाई हप्कीदप्की गर्ने गरेको, आजै हुने कामका लागि पनि भोलि आउनू भन्ने गरेको जस्ता गुनासो सर्भे प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अबस्था पञ्चायती ब्यस्थामा थियो । लोकतान्त्रिक आन्दोलनपछि राजनीतिक परिवर्तन भयो । कर्मचारीहरु पनि लोकतान्त्रिकरण हुदै गए । पुराना पुस्ताका कर्मचारीबाट सेवाग्राहीले सकस पाएको बारे अध्ययन गरेका नयाँ पुस्ताका कर्मचारीले पनि पुराना पुस्ताका      कर्मचारीकै शैली अपनाउनु दुखद हो ।

नयाँ पुस्ताका कर्मचारीले सेवाप्रबाह बारे नयाँ शैलिले सोच्नुपर्छ । बदलिँदो विश्वको बारेमा राम्ररी ज्ञान आर्जन गरेका कर्मचारीले आफू पनि समयअनुकूल सेवा दिन सक्नुपछृ । लोकतान्त्रिकरण हुनुपर्छ । निजामती सेवाको प्रतिष्ठा बढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्