| मङ्लबार, भदौ १, २०८३

मेला महोत्सवमा सिण्डिकेट गर्नुहुन्न

 

गोरखा बजारमा अहिले चलेको बिषय भनेको दशैँ सस्तो ब्यापार मेलाको हो । गतबर्ष पनि सस्तो मेला गर्न लाग्दा बिभिन्न बिषयमा अबरोध भएको थियो । अहिले पनि अबरोधहरु भइरहेका छन् । मैदानको बिषयमा भएको विवाद संरचना निर्माण खर्च च्याम्बरले ब्यहोरेपछि समाप्त भएको छ ।

लगत्तै गोरखा उद्योग वाणिज्य संघ संवद्ध व्यवासयीहरुले अबरोध गरे । बिरोधस्वरुप बिहिबार गोरखा बजारमा जुलुश प्रदर्शन नै गरे । दशैंमा व्यवसायीहरुले राम्रो बिजनेश गर्ने मौका छोपेर सस्तो ब्यापार मेला गरेर चेम्बर अफ कमर्शले व्यापारीहरुको पेटमा लात हानेको संघ संवद्धहरु तर्क गर्छन् ।

साथै उनीहरु गोरखा बजारमा बिक्री बितरण हुने सामान मेलामा बिक्री बितरण गर्न नपाइने तर्क गर्छन् ।

च्याम्बर भने दशैंको मौका पारेर उपभोक्ताहरुमाथि दोब्बर तेब्बर मूल्यमा सामान बिक्री गर्ने परम्परा तोड्न उपभोक्ताको हितका लागि मेला गर्न लागेको दाबी गर्छ ।

तर्क आ आफ्नो ठाउँमा सही हुनसक्छन् । उपभोक्ताको तर्फबाट तर्क गर्ने हो भने मेला गर्न जसले पनि पाउँछ । झन सस्तो ब्यापार मेला त उपभोक्तामैत्री मेला हो । मेलामा सुपथ मूल्यमा सामान बिक्री हुन्छ वा हुदैन, हेर्नुपर्ने बिषय हो ।
तर कसैले महोत्सव गर्ने, कसैले मेला गर्न नपाउने भन्नु सिण्डिकेट हो । मुलुकले कुनै पनि खालको सिण्डिकेट लगाउन नहुने नीति लिएको छ । यो बेला मेला गर्न नपाइने, यो सामान बेच्न पाइने, त्यो बेच्न नपाइने जस्ता कुरा गरी निषेधकारी नीति लगाउनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्