| आइतवार, कार्तिक २२, २०८३

गोरखामा प्रहरी जागेको महसुश

 

गोरखाको प्रहरी केही समययता जागेको महशुस भएको छ । विशेष गरी प्रहरी देखिने सडकमा हो । अहिले सडकमा प्रहरीको गस्ती बाक्लिएको छ । रातको समयमा सुनसान प्राय बन्ने गरेको चोक र सडकहरुमा अहिले धेरथोर प्रहरी गस्ती देखिने गरेको छ । त्यस्तै सवारी चेकजाँचले पनि तिब्रता पाएको छ ।

दैनिक आरएससीसी हुने गरेको गोरखामा केही समयदेखि चेकजाँच प्राय हुदैनथ्यो । तर अहिले बजारभित्र र केही परसम्म पुगेर पनि सवारी चेकजाँच हुने गरेको छ । होटलमा मादक पदार्थ सेवन गरी सवारी चलाएर घर जाने बानी परेकाहरु अहिले अतालिन थालेका छन् ।
सुन तस्करीमा संलग्नहरु एक महिनादेखि फरार थिए । जिल्ला प्रहरी नेतृत्व बदलिएसंगै १६ किलो सुनसहित धनकमल पक्राउ परे । यसले अपराधमा संलग्नहरु अब भाग्न, छिप्न सक्दैनन् भन्ने पनि पुष्टि भएको छ ।

प्रहरीको कार्य जिम्मेवारी धेरै छन् । सडक सुरक्षा, वनलगायत सार्वजनिक तथा राष्टिूय सम्पदा सुरक्षा, सर्वसाधरण सुरक्षा, सीमा सुरक्षा, तस्कर नियन्त्रण, भ्रष्टाचारी, माफिया, कालोबजारी नियन्त्रण, डाँका, गुण्डागर्दी, बिस्फोट, लागुऔषध कारोबारी तथा प्रयोगकर्ता नियन्त्रण, जबर्जस्ती करणी, सामाजिक बिकृति नियन्त्रण जस्ता अनगिन्ती क्षेत्रमा प्रहरी खट्नु पर्ने अबस्था छ । प्रहरी यसै सक्रिय छ । अझै सक्रिय रहोस् । हाम्रो शान्ति सुरक्षाका लागि प्रहरी छ भन्ने गाउँ र सहरका आममा महशुस होओस् ।

प्रतिक्रिया दिनुहोस्