| आइतवार, कार्तिक २२, २०८३

सबैठाउमा केन्द्रीय लाइन बिस्तार गर्दा तीनै पक्षलाई फाइदा

 

विद्युत प्राधिकरणले गोरखाको दुर्गम भेगसम्म पनि केन्द्रीय प्रशारण लाइन विस्तार अभियानलाई तिब्रता दिएको छ । यसअघि सहर र तल्लो भेगका गाउँबस्तीमा विस्तारित प्राधिरणणको टूान्समिसन लाइन अब अजीरकोट, बारपाक सुलीकोट, धार्चेसम्म पनि बिस्तार भइरहेको छ । यसअघि स्थानीय खोलाबाट उत्पादिन लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत खरिद गर्दै प्राधिकरणले गाउँगाउँमा केन्द्रीय प्रशारण बिस्तार गरिरहेको हो ।

धार्चेका धेरै खोलामा लघुजलविद्युत आयोजनाले विद्युत उत्पादन गरेका छन् । ती सबै आयोजनाका विद्युत खरिद(पिपिए) गराउन प्राधिकरणले उत्पादक कम्पनीहरुलाई प्रेरित गरिरहेको छ । यसबाट प्राधिकरणलाई पनि, कम्पनीलाई पनि र ग्राहकलाई पनि लाभ हुने देखिन्छ । सबैठाउँमा केन्द्रीय लाइनको विजुली बल्दा समावेशीकरण पनि देखिने, स्थानीय कम्पनीले पनि उचित भाउमा विद्युत बेच्न पाउने र प्राधिकरणको व्यापार पनि राम्रो हुने देखिन्छ ।

प्राधिकरणले धार्चेमा टूान्समिसन लाइन वितरण गरेपछि चुमनुब्रीतर्फ पनि बिस्तार गर्ने लक्ष्य राखेको छ । त्यसपछि गोरखाका सबै पालिकामा विद्युत विस्तार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्