तपाईँको पालिकाको प्रगति कति प्रतिशत भयो ?
गोरखाका ११ वटा स्थानीय तहमध्य धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका मात्र सुत्रमा प्रवेश गरेको पाइयो । गतबर्षदेखि नै सुत्रमा प्रवेश गर्नुपर्नेमा नौ वटा स्थानीय तहहरु सुत्रमा प्रवेश नगरेका हुन् ।
सुत्रमा प्रवेश नगर्दा ती गाउँपालिका, नगरपालिकाहरुले भर्खरै सकिएको आर्थिक बर्षमा कति प्रतिशत बजेट खर्च भयो भन्ने बारे पत्ता लगाउन कठिन भइरहेको छ ।
सुत्रको फम्र्याटमा गएको भए सरासर पत्ता लाग्नेमा सो सिस्टममा नजाँदा ती पालिकाहरु अहिले हिसाब जोड्नै ब्यस्त छन् ।
धार्चे गाउँपालिका गत आर्थिक बर्ष ७३ प्रतिशत बजेट बिनियोजन गर्यो भने आरुघाट गाउँपालिकाले ७४ प्रतिशत खर्च गरेको पाइयो । अन्य गाउँ, नगरपालिकाले अहिलेसम्म हिसाबकिताब गरेर नसकेका हुन् ।
कतिपय गाउँ, नगरपालिकामा आर्थिकबर्ष सकिनेबित्तिकै लेखापाल, लेखाअधिकृतहरु बिदामा बसेका छन् । टाउको हलुंगो पारेर फुर्सद मनाउन गएका छन् । सुत्रमा हालेर गतआर्थिक बर्षको हरहिसाब छ्याङ्ग नपारी विदामा बस्ने हतार भएको छ ।
जसले हरहिसाब छ्याङ्ग निकालेका छन्, उनीहरुको निश्कर्ष छ ः आबश्यक कर्मचारीको अभावमा चाहेजस्तो प्रगति गर्न नसकेको हो । धार्चे र आरुघाटमा कतिपय शाखामा कर्मचारी नै छैनन् । १० वटा वडा रहेको आरुघाट गाउँपालिकामा जम्मा तीनजना वडाअध्यक्ष मात्रै छन् । शिक्षा शाखामा सुन्य कर्मचारी छ ।
धार्चे गाउँपालिकामा ३६ कर्मचारी दरबन्दी मध्यजम्मा आठ जना मात्र कार्यरत छन् । यस्तो अबस्थामा न गाउँपालिकाले आफ्नो लक्ष्य पूरा गर्न सक्छ, न सरकारको सपना पूरा हुन्छ । धेरै काम, थोरै जनशक्ति भएपछि लटरपटर हुने नै भयो । त्यसैले सरकारले पनि यसप्रति गम्भीर ध्यान दिनुपर्ने देखिन्छ ।




