| मङ्लबार, भदौ १, २०८३

मदिरापान र प्रहरी प्रतिष्ठा

२०६९/०७० देखि २०७१/२०७२ ताका बेस्ट पुलिसिङ कस्तो हुन्छ भन्ने स्वाद गोरखाबासीले राम्ररी पाएका छन् । जतिबेला सदरमुकाम र हरेक युनिटका पुलिस सक्रिय थिए । काममा तिखा र धारिला थिए । काममा बारुला, अरिङ्गल जस्ता थिए ।

जिप्रकाको नेतृत्वमा वसन्त कुँबर र रमेश थापा रहेको समय गोरखा को पुलिसिङको स्वर्णिम काल थियो । जतिबेला प्रहरीको मनोबल पनि उच्च थियो, सर्वसाधारणले पनि दोषीले निश्चय पनि दण्ड पाउँछ भन्ने महशुस गरेका थिए । अपराधी जुन दूलोबाट पनि अवश्य पक्राउ पर्दो रहेछ भन्ने अनुभूति गरेका थिए । प्रहरीले कुनै पनि राज नीतिक दबाब, आग्रह, पूर्वाग्रह, कुनै पनि तस्कर, दलाल, माफियाको प्रलोभनमा नपरी काम गर्दो रहेछ भनेर सिधासादा र निर्धोले राहत महशुस गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयको भौतिक संरचनाको पनि कायापलट हुने गरी परिवर्तन भएको थियो । त्यो पुलिसिङ चाखेका गोरखाबासीले केही बर्षदेखि खल्लो पुलिसिङको स्वाद लिइरहेका छन् । राजनीतिक आडमा प्रहरीलाई मुठिमा राख्न खोज्नेहरुको ठाडो हस्ताक्षेप, छाडातन्त्र, दण्डहिनता, दादागिरी गर्नेहरुको छाडातन्त्र यत्रतत्र सर्वत्र छ ।

कारबाही गर्ने प्रहरी नेतृत्व नै उनीहरुसंग बसाउठी, खाईपिई बढि रहेको छ । बदमासीलाई कारबाही गर्छ, पीडितलाई न्याय दिन्छ भनेर भरोसा गर्नुपर्ने प्रहरी नेतृत्वलाई उनै विवादित छवि भएकाहरुले धाप मारेको दृष्यले सर्वसाधारणमा एक खालको त्रासदीमा छन् । मापसे गरेर वातावरण बिगार्नेलाई दण्ड दिने प्रहरी नेतृत्वले दिउसै मापसे गरेको हालैको घटनाले गोरखाबासीलाई गहिरो चोट पु¥याएको छ । प्रहरीहरुमा पनि यसले शीर निहु¥याएको छ । नेतृत्वको गतिविधिले उनीहरुको प्रतिष्ठामा आँच पु¥याएको छ । यो घाउलाई बिर्सदै अब आउने प्रहरी नेतृत्व असल छविको, अब्बल पुलिसिङको होओस् भन्ने कामना ।

प्रतिक्रिया दिनुहोस्