| बुधबार, भदौ २, २०८३

नाम्जुङसंग केही सिक्ने कि ?

शहीद लखन गाउँपालिका वडा नं. ९, साबिक नाम्जुङ गाविसले एक ृृपृथक निर्णय गरेर चर्चा कमाएको छ । केहीदिनअघि वडा कार्यालयले आयोजना गरेको बैठकले आगामि दिनमा जुवातास खेल्ने परम्परा लाई अन्त्य गर्ने निर्णय गरेको छ । साथै मादक पदार्थ सेवनमा पनि कठाइ गर्ने निर्णय गरेको छ ।

गाउँमा काम गरेर घर ब्यबहार सम्हाल्नुको साँटो दिनदहाडै जाँडरक्सी खाएर बरालिएर हिड्ने तथा महिलाहरु घरभित्र र घरबाहिरको काम सम्हाल्नु पर्ने तर पुरुषवर्गहरु भट्टी पसलमा जुवातासमा मग्न हुने घटना बढ्न थालेपछि वडा कार्यालयले आफूसंग भएको विशेष अधिकारको प्रयोग गरी जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने निर्णय गरेको हो ।

यसलाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा सो क्षेत्रमा देखिने गरी परिवर्तन हुनेछ । निर्णय आफै कार्यान्वयन हुदैन । यसलाई कार्यान्वयन गर्न वडा संयन्त्रलगायत शिक्षित, सचेत समुदायले पूर्ण सहयोग गर्नुपर्छ । विशेषत ः पीडित भएका महिलाहरु यस निर्णयलाई कार्यान्वयन गर्न तिब्र रुपमा लाग्नुपर्छ ।

यस्ता कतिपय अधिकार स्थानीय सरकारसंग छ । जनप्रतिनिधिले यस्तै खालका सिर्जनात्मक कार्यक्रम लिएर आउन सकेमा आउँदो कार्यकाल पनि नेतृत्व गर्न सक्नेछन । अन्यथा समय कटाउने बाटो मात्र हो भने यो निर्णय पनि कोशी बाँधको पानीजहाज जस्तै, घरघरमा ग्याँसको बटन खिचेपछि ह्वार्रर्र बल्ने ग्याँस आएजस्ता पानीमाथि निर्णय हुनेछ ।
त्यसैले यस्ता प्रसंसनीय कामको सर्वत्र चर्चा हुनुपर्छ । चर्चामात्र होइन, यसको देखासिकी पनि हुँदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्