| मङ्लबार, भदौ १, २०८३

मध्यपहाडीको काम ढिलो गर्न कुनै बहाना नबनाऊ

गोरखामा दुईवटा राष्टिूय गौरवका योजनाहरु छन् । पहिलो बूढीगण्डकी जलाशययुक्त आयोजना, दोस्रो मध्यपहाडी लोकमार्ग । यी दुवै आयोजनाको काम सन्तोषजनक छैन । बूढीगण्डकी आयोजनाले मुआव्जावापत प्राप्त बजेट पनि बाँड्न सकेको छैन । आरुघाट क्षेत्रको मुआव्जा त तोक्न पनि सकेको छैन । मध्यपहाडी राजमार्गको काम पनि सन्तोषजनक नभएको आयोजना स्वयं स्वीकार गर्छ ।
पुष्पलाल राजमार्ग भनेर चिनिने मध्यपहाडी लोकमार्ग गोरखामा आरुघाटदेखि सुरु भई पालुङ्टारमा टुंगिन्छ । गोरखा खण्डको काम सन्तोषजनक नभएको सो आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले गोरखाभित्र पर्ने सडकखण्डलाई तीनवटा प्याकेजमा बिभाजन गरेर काम गरिरहेको छ । सबै प्याकेजको समयावधि असारमसान्तसम्म हो । तर आरुघाटदेखि ओख्लेसम्मको पहिलो चरणको काम जम्मा ६५ प्रतिशत मात्र प्रगति भएको छ । ओख्लेदेखि निवेलसम्मको दोस्रो प्याकेजको कामको पनि जम्मा ५० प्रतिशत मात्रै प्रगति भएको छ । निवेलदेखि पालुंटारसम्मको तेस्रो प्याकेजको काम बारकिलो छेपेटार बारपाक सडक योजना कार्यालयले मध्यपहाडी आयोजनालाई हस्ता न्तरण नै गरेको छैन ।

आवश्यक निर्माण सामग्रीको अभाव, प्रतिकूल भौगोलिक अबस्था, प्राविधिक समस्या जस्ता बाधा ब्यबधानलाई कारण देखाएर सो आयोजनाले प्रगति सुस्त गरेको हो । बहाना यो वा त्यो जे पनि हुनसक्छ, तर काम गर्न नसक्नु आयोजनाको कार्यक्षमतामा भरपर्ने कुरा हो । निर्माण व्यबसायीलाई कस्सेर काम लगाउन नसकेको हो । त्यसैले कार्यालयले निर्धारित समयभित्र निर्धारित काम गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्