| बुधबार, भदौ २, २०८३

मनसुनमा हुनसक्ने जोखिमबाट बच्न सचेत बनौं

 

आजभोली मौसम बदली भइरहेको छ । प्रि मनसुनको बेला भएकाले आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोपछि हावाहुरी सहित पानी आउने क्रम भैरहने मौसमविद बताउँछन् ।

अब मनसुनको समयमा आउनसक्ने सम्भावित जोखिमबाट बच्न हामी सबै सचेत हुन जरुरी छ ।

हामी आफैंले बर्खामा सुरु हुन लाग्दा घरको करेसामा नाली बनाउने, बर्खाका लागि आवश्यक पार्ने काठ दाउराको जाहो गर्ने, घरगोठमा बलियो छानो लगाउने गरिन्छ ।

ठाउँ अनुसार जोखिमको प्रकार फरक फरक हुन सक्छन् । गोरखामा बर्षायाममा पहिरोको जोखिम धेरै ठाउँमा देखिन्छ । नदि खोला आसपासका क्षेत्रमा बाढिको समस्या पनि उत्तिकै हुन्छ । स्थानीय स्तरमा गठन भएका विपत ब्यबस्थापन समितिले जोखिम रहेका क्षेत्रको किटान गरी सावधानीका उपाय अपनाउनु जरुरी छ ।

शहरी भूभागमा अहिले बर्खाको समयमा जोखिम बढ्दै गैरहेको छ । वैज्ञानिक ढंगबाट शहरीकरण भैरहेको छैन । शहरीकरणको अवधारणामा मनसुनी गतिविधिले निम्तिन सक्ने जोखिमको बारेमा खासै ध्यान दिइएको पाइँदैन ।

शहर बजारमा कतिपय स्थानमा त खोलाहरु मिचिएका छन् । अलि ठूलो वर्षा हुनेबित्तिकै पानी बग्न पाउँदैन । अनी बाढीले क्षति पुर्याउछ । त्यसैले बैज्ञानिक ढंगबाट शहरीकरण गर्न स्थानीय सरकार चुक्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्