बजारभित्रका तार व्यबस्थित गर
गोरखा बजारभित्र विजुली तथा टेलिफोनका तारहरु अस्तब्यस्त छन् । विद्युत प्राधिकरणले नाङ्गा तारहरुलाई केही ब्यबस्थित बनाउने प्रयास गरे पनि टेलिफोनको तार भने अझै पनि अब्यबस्थित छ ।
विजुलीका तार पनि तीनवटा नाङ्गा तारलाई इन्सुलेटिङ गरेर ब्यबस्थित बनाएको हो तर जताततै जेलिएको तारलाई ब्यबस्थित गरेको छैन ।
टेलिफोन तार, केबल टेलिभिजनको तार भने अझै जताततै जेलिएर रहेका छन् ।
हाम्रो सहर, राम्रो सहर भनेर नगरपालिकाले नारा त तय गरेको छ तर राम्रो बनाउनका लागि गर्नुपर्ने साधारण कामलाई वास्ता गरेको छैन ।
केहीदिनअघि सामान्य हावाहुरीका बेला पनि टेलिकमको पोल ढलेर सडभरि तार असलल्ल भयो । त्यसलाई तह लगाउन २४ घण्टा लाग्यो ।
त्यसैले बजारको दीगो सुन्दरताका लागि यदि यस्ता तार ब्यबस्थित गरियो भने बजार सुन्दर र सुरक्षित दुवै हुनेछ । यसप्रति नगरपालिकाले नै योजना बनाउनु पर्छ । विद्युत प्राधिकरणलाई तार तह लगाउन, टेलिकमलाई पोल र तार ब्यबस्थित गर्न र केवल टेलिभिजनलाई पनि तार व्यबस्थित गर्न निर्देशन दिनुपर्छ । जसले बजारको सुन्दतरता थप्नेछ ।
ढल ब्यबस्थित बनाउने, फुटपाथ ब्यबस्थित गर्ने काम त झन छँदैछ । देशभित्रैको तथा बिभिन्न बाह्य देशको अध्ययन भ्रमण गएर फर्केपछि यस्ता नयाँ योजनाहरु ल्याउनु पर्छ, जसले नगर सुन्दर बनाउने प्रेरणा मिलोस् ।




