| आइतवार, कार्तिक २२, २०८३

पुनर्निर्माणको क्रममा भएका अनियमितता निगरानी कसले गर्ने ?

गोरखा लगायतका पहिलो प्राथमिकताका १४ जिल्ला तथा दोस्रो प्राथमिकतामा परेका ३१ जिल्लाको पुनर्निर्माणमा खर्बौं रुपैंया खर्च भएको छ । नीजि आवास पुनर्निर्माण, विद्यालय, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, प्रहरी कार्यालय लगायतका बिभिन्न व्यक्गित तथा सरकारी भवन निर्माणमा अथाह अनियमितता भएका छन् ।

पुनर्निर्माणको उत्तराद्र्धमा छिटपुट घटनाहरु बाहिर आउन थालेका छन् । नेपाने मावि केराबारी, शक्ति मावि, महेन्द्रशक्ति मावि, अकला मावि, रत्नलक्ष्मी मावि, धन्सिरा मावि, स्वाँराका दुई विद्यालय, लापु ठाँटी गाउँको विद्यालय पुनर्निर्माणको क्रममा बिभिन्न अनियमितताका प्रसंगहरु बाहिर आएका छन् । अख्तियारमा मुद्धा पनि परेका छन् । नीजि आवास पुनर्निर्माणको सन्दर्भमा पनि जौबारीको ११५ घरधुरीलाई दोहोरो रकम भुक्तानीको तयारी भएको थियो । कतिपय घरले लिइसकेका पनि थिए ।

हालै श्रीनाथकोटको एक घर, जो चितवन बस्दै आएका थिए, उनले फर्जी कागज पेश गरेर लाभग्राही सूचीमा नाम पार्न सफल भए । त्यतिले मात्र पुगेन, उनले घरै नबनाई पहिलो र दोस्रो किस्ता रकम भुक्तानी लिए । अन्यत्र कार्यक्षेत्र भएका प्राविधिक र फर्जी लाभग्राही स्वयंले वडा अध्यक्ष र सो क्षेत्रमा खटिएका प्राविधिकको किर्ते सही गरी रकम भुक्तानी लिएका खुलेको छ । संयोगले बिषय सार्वजनिक भयो । चिप्लिएर कसैले थाहा नपाएको भए उनले तेस्रो किस्ता पनि लिनेथिए । यस्ता घटना अन्यत्र पनि भएका हुनसक्छन् । यसको मिहिन अध्ययन कसले गर्ने ?

प्रतिक्रिया दिनुहोस्