| मङ्लबार, कार्तिक २४, २०८३

कटुवाल व्यवस्था प्रबद्र्धन सकारात्मक

गाउँमा सूचना संप्रेषण गर्न कटुवाल प्रयोग गर्ने सदियौं पुरानो परम्परा हो । यो बीचमा सूचना संप्रेषणका धेरै आधुनिक प्रविधिहरुको विकास भइसकेको छ । गाउँबस्तीमा आधुनिक सूचना तथा संचार प्रविधिको प्रयोग बढिरहेको छ तैपनि अधिकांश गाउँबस्तीमा कटुवालको प्रयोग निरन्तर छ ।


बिकट बस्ती होस् वा तल्लो भेगका सुगम बस्ती किन नहोउन्, कटुवालको ब्यबस्था कायम छन् । त्यसैले यसलाई कसरी ब्यबस्थित गर्ने भन्ने बारे गाउँपालिकाले नयाँ सोच, नयाँ योजना बनाउनु पर्छ ।
धार्चे गाउँपालिकाले कटुवाललाई व्यबस्थित गर्न हरेक वडाका कटुवाललाई मासिक तलब दिने निर्णय गरेको छ ।
निर्णय मात्र होइन, कार्यान्वयन समेत गरेको छ । मासिक पन्द्रसय वा बार्षिक अठार हजार रुपियाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । यसअघि कटुवाललाई अन्नअनाज दिने चलन थियो । जुन चुस्त थिएन । यसमा भन्दा नगद पाएपछि कटुवाल खुशी छन् ।
धार्चे गाउँपालिकाले पनि हरेक वडाका एकेक जना कटुवाललाई तलबको ब्यबस्था गरेको छ । तर कटुवाल एउटा वडामा एक जनामात्र छैनन् । बस्तीपिच्छै अलग अलग कटुवाल छन् । त्यसैले उनीहरु सबैलाई निर्णयभित्र समेट्नु उपयुक्त हुन्छ । यसको देखासिकी गर्दै अन्य गाउँपालिकाले पनि कटुवाललाई व्यबस्थित गर्दा राम्रै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्