गोरखकाली र मनकामनाको भेटी व्यस्थित गरौँ
सरकारले गोरखकाली मन्दिरको भेटी व्यबस्थित बनाउने कार्यविधि बनाएको छ । धेरै नै पहिले कार्यविधि बनाए पनि अहिलेसम्म लागु नभइरहेका बेला फेरि यस सम्बन्धी बहश सुरु भएको छ ।
अहिलेसम्म गोरखनाथ र गोरखकाली मन्दिरका भेटी जसले चाह्यो, उसले टिपिरहेका थिए ।
यदि भेटीलाई व्यवस्थित गरियो भने भेटीको सम्मान मात्र होइन, भेटीको सदुपयोग हुनेछ । त्यसको उपयोगबाट मन्दिर व्यवस्थापनमा थप जनशक्ति राख्न सकिने, मन्दिरको पूर्वाधार निर्माणमा सहयोग हुने देखिन्छ ।
गोरखा दरबारमा दैनिक करिब एकसय, दुईसय, तीनसय जनासम्म पनि भक्तजन आउँछन् । तर गोरखाको अर्को मन्दिर हो मनकामना । मनकामनामा दैनिक तीनहजार जनादेखि पाँचहजार जनासम्म भक्तजन आउँछन् । उनीहरुले हर्षमनले प्रसस्त भेटी चढाउँछन् । कतिपयले सुन चढाउँछन् ।
यति ठूलो परिमाणमा उठेको भेटी अहिलेसम्म कहाँ जान्छ, त्यसले के काम हुन्छ भन्ने कुरा अन्यौलमै छ । पूजारीले नै तमाम भेटी मनमौजी खर्च गर्छन् वा सुरक्षित गर्छन् ।
यदि मनकामना मन्दिरको भेटीसमेत व्यवस्थित गरियो भने यी मन्दिरका लागि सरकारले दिने अनुदान समेत संकलन गरेमा हुनेछ ।




