सम्पदाको दोहन होइन, संरक्षण गरौं
लामो समयसम्म नदीजन्य सामग्रीको उत्खनन रोकियो । जसले गर्दा विकास निर्माणको काम तथा पुनर्निर्माणको काम रोकिएको भनेर सर्बत्र चर्चा भयो । ‘मेसिन’ लगाउन पाउने नपाउने बारे मत विभाजन हुँदा काम रोकिएको थियो ।
करिब एकसाताअघि विवादको गाँठो फुक्यो । अनुगमन समितिले निर्धारित समयभित्र, निर्धारित परिमाणको नदीजन्य सामग्री उत्खनन गर्ने निर्णय गरेपछि धमाधम उत्खननको काम सुरु भयो । तर उत्खनन् बिस्तारै दोहनमा परिणत हुदै गयो । लास जलाउने घाट पनि बाँकी रहेन । नदीको प्रबाहभन्दा गहिरो उत्खनन भयो । त्यति मात्र पनि होइन, नदीको धार परिवर्तन गरी उत्खनन भयो ।
ठेक्का लगाउने निकायको प्रत्यक्ष निगरानी हुनुपर्ने भन्ने प्रवधान थियो । गोरखा नगरपालिकाले प्रत्यक्ष निगरानीमा उत्खनन ग¥यो फलस्वरुप मापदण्ड मिचेर उत्खनन हुन पाएन तर पालुङ्टार नगरपालिकाले ठेक्का लगाएको घाटको निर्मम दोहन भयो ।
प्राकृतिक सम्पदाको विनाश भयो भने विपत्ति निम्तने निश्चित छ । यसबारे सम्बन्धित निकाय अनभिज्ञ छैन । तर आँखा चिम्लिदिँदा ‘औंलो दिँदा डुँडुलो निल्ने’ काम भएको छ ।
जिल्ला अनुगमन समितिले पनि बेलाबेला अनुगमन गर्नुपर्नेमा लामो समयपछि मात्रै अनुगमन ग¥यो । जसले गर्दा अमर्यादित दोहन भएपछि मात्र हेर्न पुग्यो । अबका दिनमा नियमित अनुगमनलाई निरन्तरता दिनुपर्छ । प्राकृतिक सम्पदाको दोहन होइन, संरक्षण गर्नुपर्छ ।




