| शनिबार, अशोज ९, २०८३

पर्यटनसंग जोडिएका संघसंस्था सक्रिय बन

करिब पाँच बर्षअघिसम्म गोरखामा पर्यटनसंग सम्बन्धित संघसंस्था सक्रिय थिए । बर्षमा दुईचारफेर पर्यटन सम्बन्धी कार्यक्रम भइरहन्थे । तर अहिले त्यस्तो छैन । अहिले कुनै पनि पर्यटनसंग सम्बन्धित संघसंस्थाले गोरखामा पर्यटनसंग सम्बन्धित कार्यक्रम गरेका छैनन् ।
गोरखा पर्यटन नामको संस्था अलि धेरै कार्यक्रम गर्ने संस्थामा दर्ज भएको थियो, तर अहिले सो संस्था पनि गुमनाम भएको छ । धार्चे मनास्लु पर्यटन विकास समिति भन्ने संस्था छ, उसले विशेषगरी धार्चे, कहिलेकहीं काठमाडौं र कहिलेकहीँ पोखरामा कार्यक्रमहरु गर्छ । नत्र पर्यटन संग सम्बन्धित काम गर्ने गर्ने अर्को संस्थाले अहिले अस्तित्व देखाएको छैन ।
गोरखामा धेरै होटलहरु खुलेका छन् तर गोरखामा पर्यटन भित्र्याउने खालका योजना कसैले बनाएको देखिदैन । पर्यटन विकास आफ्नै गतिमा त भइहाल्छ तर गतिलाई तिब्रता दिन बिभिन्न खालका योजना बनाउनु पर्छ । यस बारेमा बिभिन्न गन्तब्यहरु बनाउनु पर्छ । भएका गन्तव्यहरुलाई विकास गर्नुपर्छ । प्रवद्र्धन र प्रचारप्रसार पनि गर्नुपर्छ तर त्यस्तो सोच, तयारी र लगन कसैको देखिएको छैन । पहिले सक्रिय रहेकाहरु अहिले थकाइ मारेजस्तो देखिन्छ ।
जेठो पिँडीले जति गर्यो, गर्यो, अब थप गति दिनका लागि नयाँ पुस्ताले अग्रसरता देखाउनु पर्छ । अल्लि गम्भीर र गहन रुपमा लाग्नुपर्छ । सरकारले सन २०२० साललाई नेपाल पर्यटन बर्ष भनेर मनाउन लागेको छ । सो अवसरमा गोरखाले पर्यटकको रोजाइमा पर्ने पोखरा जाने पर्यटकलाई गोरखा भित्र्याउने नीति बनाएर लागिपर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्