| शनिबार, अशोज ९, २०८३

निर्माण सामग्रीका कारण विकासका काम नरोकियुन्

अहिले निर्माण सामग्री अभावका कारण देखाउँदै निर्माण व्यबसायीहरुले विकास निर्माणको काम अबरुद्ध भएको जनाउका छन् । अनियमित रुपमा खोलामा मेसिन प्रयोग गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले खोलामा जेसिबी रोकेको थियो । ठूलो परिमाणमा निर्माण सामग्री उत्खनन गर्नुपर्ने भएकाले कुटो कोदालोले उत्खनन गर्न सम्भव नहुने निर्माण व्यबसायीको भनाइ छ भने अर्कातिर जिल्ला प्रशासन कार्यालयले नियम कानून मिचेर नदी दोहन गर्न नदिने अडान छ ।
यस विवादले गर्दा जिल्लामा विकास निर्माणको काम रोकिने, निर्धारित समयभित्र निर्धारित काम नसकिने खतरा छ । यसले गर्दा एकातिर विकास निर्माणको काम अलपत्र हुनेछ, विकास बजेट खर्च हुन सक्दैन भने अर्कातिर आयोजनामा काम गर्नेहरु बेरोजगार बन्नेछन् । त्यस्तै वैंकले तरलता अभाव देखाउँदै व्याजदर बढाइरहेको अबस्था छ । यस्तो बेला आएको बजेट खर्च नहुँदा समस्यामाथि समस्या थपिन्छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेशसरकार समक्ष आफ्ना समस्या, कठिनाइ र बास्तविकताको बारेमा छलफल गरेर समस्या समाधान गर्न निचोड निकाल्नु वुद्धिमानी हुनेछ । अनुगमन समिति र जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि दुई सरकारको बीचमा पुलको काम गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्