| शनिबार, अशोज ९, २०८३

ठेकेदार काम नगर्ने, कार्यालय म्याद थपिरहने अभ्यास

प्राय योजना, आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुदैनन् । एकाध मात्र सम्झौता मितिमा सम्पन्न हुन्छन् । कतिपय योजनाहरु ‘क्रोनिक’ बनेर रहेका पनि हुन्छन् । गोरखामा पनि यी तीनै प्रकृतिका योजनाहरु छन् ।
भूकम्पपछि एशियाली विकास वैंकको सहयोगमा लागु भएको भूकम्पीय आपतकालीन सहायता आयोजना(इइएपी) अन्तर्गत लुइँटेल भञ्ज्याङ चित्रे सडकको ३० किलोमिटर कालोपत्रे गर्ने काम पनि निर्धारित समयमा सम्पन्न भएन ।

कार्यालय प्रमुख, प्रजिअ, मन्त्री, नेताहरुको गर्जन

केवल हात्तिलाई नाङ्लो ठटाए जस्तो

निर्धातिर समय गत असार मसान्तभित्र जम्मा ५० प्रतिशत काम मात्र सम्पन्न भएको थियो । त्यसपछि गत माघ महिनासम्मका लागि म्याद थपिएको थियो । थपिएको समयमा पनि पहिलो खण्डको काम ७५ प्रतिशत र दोस्रो खण्डको काम जम्मा ७० प्रतिशत मात्र सम्पन्न भएको थियो । त्यसपछि फेरि तेस्रो पटक म्याद थप गर्न कार्यालयले फाइल अघि बढाएको छ ।
बेलाबेला कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी, मन्त्री, नेताहरु काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने भन्दै गर्जन्छन् तर उनीहरुको गर्जन हात्तीलाई नाङ्लो ठटाएजस्तो मात्र हुने गरेको छ ।
फेरि ललाइफकाइ काममा बोलाउँछन् । काम नगर्नेलाई कारबाही गर्ने अभ्यास सुरु भयो भने उनीहरु जसरी पनि काममा जोड दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्