| शनिबार, अशोज ९, २०८३

मुआव्जा सदुपयोग सम्बन्धी सचेतना कार्यक्रमको खाँचो

यतिबेला बुढीगण्डकी जलविद्युत आयोजनाले धमाधम मुआव्जा वितरण गरिरहेको छ । अब गोरखातर्फको धावा, तान्द्राङ र आरुघाट क्षेत्रको मात्र मुआव्जा वितरण बाँकी छ ।
आयोजनाको काम सुरु भएपछि करिब पन्द्रसय घरपरिबार डुबान पीडितको उठिबास लाग्दैछ । उनीहरुले नयाँ ठाउँमा घरजग्गा जोड्नुपर्छ । गरिखाने जग्गाको बन्दोबस्त गर्नुपर्ने छ । गुजारा गरिरहेको ठाउँबाट बिस्थापित भै नयाँ साँगा जुटाउन पर्ने सकसको सामना गर्नै छ ।
तर कतिपय डुबान पीडितले भने पाएको मुआव्जा घरखर्च गरेर र यसअघि तिर्न बाँकी रहेको ठाउँमा रिण तिरेर सकेका छन् । मुआव्जा रकमको प्रयोजन नयाँ ठाउँमा घरजम जोड्न, नयाँ बन्दोबस्त गर्नमा गर्नुपर्ने हो ।
आफ्नो र परिबारको जीवन निर्बाहमा खर्च गर्नुपर्ने रकम अहिल्यै खाएर, लाएर सकिएपछि भविष्य अन्धकार हुनेछ ।
त्यसैले बुढीगण्डकी जलविद्युत आयोजनाले जनचेतना जगाउने खालको कार्यक्रम गाउँ(गागउँमा गएर गर्नु जरुरी छ । जसले गर्दा सरकारी ढुकुटीबाट दिएको रकम जाँड रक्सी खाएर नसिध्यियोस् । बुढीगण्डकीले उठिबास लाएका कारण कुनै परिबारको भविष्य नउजाडियोस् । हातमा पैसा भएपछि लाएर र खाएर सक्नुपर्छ भन्ने चेतना नभएकाहरुलाई मुआव्जा सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम गर्नु अत्यन्तै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्