| शनिबार, अशोज ९, २०८३

नयाँ डनवाद नियन्त्रणको खाँचो

बिहिबार गोरखा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले डन तह लगाउन जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिए ।
सहरका डन गाउँ पसेका बेला दिइएको यो निर्देशन असाध्यै मर्मस्पर्शी छ । पहिले सदरमुकामका कार्यालयहरुले टेण्डर आव्हान गर्दा डनहरु आवेदन फर्म बुझाउन रोक्थे । ठेक्काको फर्म दर्ता गर्न रोक्नकै लागि ठननेता ठेकेदारले एक महिनादेखि मुन्द्रे परिचालन गर्थे । इबिडिङले गर्दा यस्ता गतिबिधि केही कम भयो । मुन्द्रेहरुले बिस्तारै काम गर्दै गए, गुण्डागर्दीमा केही कम आएजस्तो देखियो ।
अहिले सरकारी कार्यालयहरु गाउँपालिकाको केन्द्रमा पुगेको छ । अहिले गुण्डागर्दी पनि त्यतै पुगेको छ । मान्बुमा कुटपिटको घटना भयो, बारपाक सुलीकोटमा पनि ठेक्का थुनछेक भयो । पालुंटारमा पनि भए । गुण्डागर्दीले निर्माण व्यबसायी तथा प्रहरीमाथि पनि आक्रमण गर्ने गरेका छन् ।
अझै बिगत केही समययता बालुवा डनहरु छ्यास्छ्यास्ती देखिएका छन् । सबैभन्दा छिटो र सजिलो, सर्बसुलभ ढंगले पैसा कमाइ हुने क्षेत्र भनेको ढुंगा, गिटी, बालुवाको क्षेत्र हो । त्यसैले यस क्षेत्रमा धेरै डनवाद मौलाएको छ । मुख्यमन्त्रीले लक्षित गरेको पनि यस्तै हो । पुराना डनहरु बिस्तारै ठिक लाग्दैछन्, तर अहिले नयाँडनहरु उदाएका छन् । उनीहरुले नयाँ तरिकाले गुण्डागर्दी गरिरहेका छन् । उनीहरुलाई तह लगाउनु अपरिहार्य छ । त्यसैले मुख्यमन्त्री पिएस गुरुङले नयाँ डनलाई तह लगाउनु निर्देशन दिएका हुन् ।
मुख्यमन्त्रीको निर्देशन प्रमुख जिल्ला अधिकारीले कतिहदसम्म स्वीकार गर्ने, नगर्ने, अन्यौल छ । त्यस्तै संघ सरकारमाताहतका प्रहरी, सशस्त्र प्रहरी, सेना, राष्टिूय अनुसन्धान लगायतका तह, तप्काले मुख्यमन्त्रीको अह्रोट टेर्ने कि नटेनें ? अन्यौल छ । जे होस्, उनको सुझाव, निर्देशन मननीय छ । स्वस्फूर्त रुपमा डन तह लगाउनु पर्ने दायित्व यसै छ । मुख्य मन्त्रीको निर्देशनको पनि पालना गर्दा राम्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्