चेम्बर अफ कमर्सको दशैंमेलाको खर्च सार्वजनिक किन भएन ?
गोरखा उद्योग वाणिज्य संघले गत पुस पाँचदेखि १४ गतेसम्म सञ्चालन गरेको दसौं गोरखा महोत्सवको आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । संघले कुल ७७ लाख २३ हजार रुपैया आम्दानी र ६३ लाख ६० हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।
नाफा १३ लाख रुपैयाँ गरे पनि २१ लाख ५६ हजार रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ । बिगत महोत्सवको पनि सबै रकम नउठेकाले यस पटक पनि सबै उठ्नेमा शंका छ ।
संघले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको आम्दानी जतिसक्दो धेरै जोगाएर सामाजिक काम गर्नुभन्दा पनि मन खोलेर खर्च धेरै गरेको टिप्पणी गरेका थिए । नबोलाएका कलाकार लाई पनि पारिश्रमिक दिएका, सरकारी कार्यालयलाई आर्थिक सहायता दिइएको भन्दै आलोचना गरेका थिए ।
गोरखा उद्योग वाणिज्य संघले भन्दा पहिले मेला आयोजना गरेको गोरखा च्याम्बर अफ कमर्शले भने अहिलेसम्म आम्दानी खर्च सार्वजनिक गरेको छैन । दशैंका बेला दशैं मेला आयोजना गरेको च्याम्बरले चार महिना भइसक्दा पनि अझै आम्दानी खर्च सार्बजनिक नगरेको हो । आम्दानी खर्च सार्वजनिक गर्न ढिला गर्दा व्यवसायीमा विभिन्न खालका शंका उपशंका उव्जिन सक्छन् । त्यसैले उनीहरुको शंका उपशंका निवारण गर्न यथासक्य छिटो च्याम्बरले आम्दानी खर्च सार्वजनिक गर्नुपर्छ । चारलाख रुपियाँ घाटा भन्ने अनौपचारिक चर्चा बाहिर बजारमा भए पनि आधिकारिक जानकारी आएको छेन । त्यसैले च्याम्बरले चाँडै आय, व्याय सार्वजानिक गरोस् र व्यवसायीको अन्तर मनको जिज्ञासा, शंका उपशंका निवारण गरोस् ।




