| आइतवार, कार्तिक २२, २०८३

जराङ कपको उपाधि खोप्लाङलाई

जराङ कपको उपाधि खोप्लाङ युथ क्लवले जितेको छ । बारपाक सुलिकोट गाउँपालिका ८को जराङमा भएको खुल्ला नक आउट फुटवल प्रतियोगिताको उपाधि खोप्लाङले जितेको हो । प्रतियोगिताको फाईनलमा आयोजक जनप्रेमी युवा क्लवलाई २ (० गोल अन्तरले हराउदै खोप्लाङले उपाधि उचालेको हो । प्रतियोगिताको विजेता खोप्लाङले नगद ६० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता बनेको आयोजक क्लब जनप्रेमीले नगद ३० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिएको क्लबका पुर्व अध्यक्ष रमेश बरामले जानकारी दिए । प्रति योगितामा २८ टिमको सहभागीता थियो । स्थानिय स्तरमा खेल र खेलाडीको विकास गर्नका लागि माघेसंक्रान्तीका अबसरमा माघ १ गतेबाट शुरु भएको प्रतियोगिता शनिवार सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्