| शनिबार, बैशाख ८, २०८१

मेस्सी न हाँस्न सक्थे न रिसाउन !

मेसीको गोलमा बार्सिलोनाको जमिन हल्लिन्छ!

वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले  गोल गर्दा बार्सिलोना सहरमा कम्पन हुने बताएका छन्।

स्पेनिस क्बल बार्सिलोनाका फरवार्डसमेत रहेका मेसीले घरेलु मैदानमा गोल हानेपछि रंगशालाभित्रका दर्शक उफ्रिदा र बस्दा महशुस हुने गरी जमिनमा कम्पन हुने वैज्ञानिकहरूको दाबी छ।

त्यसका लागि उनीहरूले क्याम्प नाउ रंगशाला नजिकै सिस्मोमिटर जडान गरेका थिए।

अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन्।

क्याम्प नाउ रंगशालामा झन्डै १ लाख दर्शकले खेल हेर्न सक्छन्। बार्सिलोनाका प्राय: घरेलु खेलमा ९० हजार बढी दर्शक रंगशाला आउँछन्।

यति ठूलो संख्यामा संसारको कुनै पनि क्लबको फुटबल रंगशालामा दर्शक उपस्थित हुँदैनन्।

बिबिसी

प्रतिक्रिया दिनुहोस्