| मङ्लबार, असार ८, २०८३

पालिकाबासीलाई स्वास्थ्य बीमातर्फ आकर्षित गराऊ

पालिकाभर जम्मा २० प्रतिशत नागरिकहरुमात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध छन् । धार्चे गाउँपालिकामा कुल १४ हजार २६३ जनसङख्या छन् । त्यहाँका जम्मा २० प्रतिशत अर्थात दुईहजार ९५६ जना मात्र सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध छन् । तीमध्ये एकहजार ७२१ महिला र बाह्रसय ३४ जना पुरुष रहेका छन् ।

अत्यन्त कम जनसंख्या स्वास्य वीमा कार्यक्रममा आवद्ध भएको धार्चे गाउँपालिकामा स्वास्थ्य बीमाको प्रचार प्रसार गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका सबै नागरिकहरुलाई सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम गरेको हो ।

स्वास्थ्य वीमाको अर्थ, स्वास्थ्य वीमाको लक्ष्य, उद्देश्य, स्वास्थ्य वीमाको महत्वका बारेमा जानकारी नभएकै कारण स्वास्थ्य वीमा नगरिएको हुनसक्छ । अर्थात स्वास्थ्य वीमाको प्रयोग गरी उपचार सेवा पाउने अस्पताल नजिक नभएर पनि त्यसको कम प्रभावकारिता देखिएको हुनसक्छ । अर्थात आधुनिक उपचार प्रणालीको प्रयोग कम नगर्ने गरिएकाले पनि स्वास्थ्य वीमातर्फ कम आकर्षित भएको हुनसक्छ ।

त्यसैले गाउँपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय गोरखासंग समन्वय तथा स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय गोरखासंग प्राविधिक सहयोग लिएर स्थानीयबासीका माझ अभिमुखीकरण कार्यक्रम गरेको हो । पालिकाका बिमा दर्ता सहयोगीहरु निस्क्रिय रहेका कारण पनि अधिकांश नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन नसकेका हुन् ।

पालिकाको वडा नं २ केरौँजा, वडा नं ५ गुम्दा र वडा नं ७ लापूवेशीमा मात्र दर्ता सहयोगीहरु छन् । गाउँपालिकाले सबै वडामा दर्ता सहयोगी नियुक्त गरेर स्वास्थ्य बिमा कार्यक्रममा सबै नागरिकहरुलाई आवद्ध गराउने लक्ष्य पालिकाले लिएको छ ।

पालिकाले आयोजना गरेको अभिमुखीकरणमा गाउँबस्तीमा निर्णायक भूमिका निर्वाह गर्ने वडाअध्यक्षहरु, दर्ता सहयोगी एवं पालिकाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम दिएको हो । त्यही मौकामा स्वास्थ्य शाखाले पालिकाबासीलाई आधारभुत तथा अत्यावश्यक स्वास्थ्य सेवा पािलकाभित्रै निशुल्क उपलब्ध गराउने विषयमा पनि छलफल गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्