
प्रदेशस्तरीय कराँते प्रतियोगितामा गोरखालाई ४ स्वर्णसहित १० पदक
गण्डकी प्रदेश स्तरीय कराँते प्रतियोगितामा गोरखा जिल्लाले १० पदक जितेको छ । नेपाल कराँते महासंघ गण्डकी प्रदेशको आयोजना तथा प्रदेश खेलकुद परिषद्को प्रवद्र्धनमा भएको प्रतियोगितामा गोर्खाली खेलाडीहरुले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दै ४ स्वर्ण, एक रजतसहित १० पदक जित्दै तेस्रो बनेको हो ।
सुजन गुरुङ ५० के.जी, फलेमन गुरुङ ५५ के.जी, सक्षम लामा ६७ के.जी र अर्पण थापा मगरले (+८४) के.जी तौल समूहको प्रतियोगितामा स्वर्ण पदक जितेको बुद्ध लामाले बताए । अनिता नेपालीले ५५ के.जी तौलमा रजत पदक जितिन् ।
यसैगरी स्मृति गुरुङ ६८ के.जी, सुरज बराम (६० के.जी), सुरेन्द्र आले मगर (७५ के.जी) र एन्जल थापा मगर (–८४ के.जी) तौल समूहको प्रतिस्पर्धामा कास्य पदक जितेको लामाले जानकारी दिए । एकल कातातर्फ वसन्त परियारले पदक हात पारेका हुन् । प्रतियोगितामा गोरखाका सक्षम लामा छात्रतर्फको उत्कृष्ट खेलाडी बनेको उनले बताए ।
तनहुँ जिल्लाको बन्दिपरमा असार ५ गतेदेखि ७ गतेसम्म संचालन भएको प्रतियोगितामा ९ जिल्लाको सहभागिता रहेको थियो ।




