| आइतवार, जेष्ठ १६, २०८३

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कराँतेतर्फ गोरखालाई ४ स्वर्णसहित दश पदक

गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराँते विधामा गोरखाले दश वटा पदक जितेको छ । वाग्लुङमा सम्पन्न प्रतियोगितामा गोरखाले चार स्वर्णसहित तीन रजत र तीन कास्य पदक जितेको हो ।

स्वर्ण पदक जित्नेमा हरि बोहोरा, सुजन गुरुङ, रुपेश गुवाजु र अनिता नेपालीले रहेका छन् । ‘कुमुते फाइट’ तर्फ विभिन्न तौल समूहमा उनीहरुले प्रतिस्पर्धा गरेका थिए । वोहोराले ४२ केजी, सुजनले ५२ केजी, रुपेशले ६२ केजी र अनिताले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेको कराँते गोरखाका प्रमुख प्रशिक्षक बुद्ध लामाले बताए ।

त्यस्तै कुमुते फाइटतर्फ ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी आशिका गुरुङ, ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका फिलेमन गुरुङ र ४० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उन्नती मानवसेवाले रजत पदक हात पारेका छन् ।

कास्य पदक जित्नेमा प्रिसा श्रेष्ठ, अमृत राना मगर र दिलासा गुरुङ रहेका छन् । कुमेत फाइट तर्फ अमृत र दिलासाले क्रमश ४७ केजी र ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए भने प्रिसाले एकल कातामा प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्