
एसईई कप २०८३ को उपाधि त्रिवेणी युवा क्लवलाई
ओसन क्लवले आयोजना गरेको एसईई कप २०८३ को उपाधि मुग्लिनको त्रिवेणी युवा क्लवले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा हिल्ली फिल्डर्स गोरखा एफ.सीलाई हराउँदै त्रिवेणी युवा क्लव उपाधि विजेता बनेको आयोजन द ओसन क्लवका अध्यक्ष अमित केसीले बताए ।
हिल्ली फिल्डर्सलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिवेणी युवा क्लव ‘एसईई कप २०८३’को उपाधि विजेता बनेको उनले जानकारी दिए । विजेता त्रिवेणी क्लवले रु २० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, उपविजेता हिल्ली फिल्डर्सले रु १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक द ओसन क्लवले जनाएको छ ।
यही जेठ १ गतेबाट ४ गतेसम्म संचालन भएको प्रतियोगितामा विभिन्न २४ टिमले सहभागिता जनाएको थियो ।




